खाने होइन त कुकरमा पकाएको कफी ? बागबजारमै पाइन्छ, यसरी बनाइन्छ (भिडियोसहित)



काठमाडौं । कफी पारखीहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । कामको थकानबाट निस्केर विभिन्न प्रकारका कफीको चुस्की लिनेहरु धेरै छन् शहरबजारमा ।

त्यस्तै कफी पारखीहरुलाई लोभ्याउन शहरमा ससानादेखि ठूल्ठूलासम्म कफी सपहरु खुलेका छन् । हिमालयन जाभा जस्ता कफीका चेन रेस्टुरेन्टहरु पनि चोक चोकमा खुलिसकेका छन् ।

राजधानी काठमाडौंको बागबजारमा एउटा अनौठो कुकर छ, जसमा खाना, दाल हैन कफी पाकिरहेको हुन्छ । र, ननस्टप सिठी सुइययययय सुुइयययययय बजिरहेको हुन्छ ।

कुकर कफी कुकरमा जम्मा भएको बाफले उमालेर तयार गरिन्छ । निरन्तर खाएको कफीलाई आगोले पकाइन्छ भने कुकर कफी कुकरमा जम्मा भएको बाफ धाराबाट बाहिर निकालेर तयार गरिन्छ ।

यसरी कफी पाक्न कुकरले सिठी बजाउने ठाउँ हो बागबजारस्थित काठमाडौ मोडल अस्पतालको अगाडि रहेको थ्रि ब्रदर्श फाष्ट फुड एण्ड रेष्टुरेण्ट । केही समयअघि निकै चर्चा कमाएको कुकर कफी अहिले उक्त रेष्टुरेण्टले शुरु गरेको छ ।

बुटबलमा शुरु हुँदा देशभर निकै चर्चाको विषय बनेको थियो कुकर कफी ।

सफल व्यक्तिहरुले नौलो काम गर्दैनन्, उनीहरुले एउटै कामलाई फरक ढङगले कार्यान्वयन गर्छन् भन्ने उदाहरणलाई प्रमाणित गरेको छ, नयाँ सोचले जन्माएको कुकर कफीले ।

कुकर कफी निकै चर्चित बनेपनि धेरैले यसको स्वाद लिन सकेका छैनन । त्यही उत्सुकतालाई मेटाउन आफुले कुकर कफी राजधानीमा शुरुवात गरेको बताउँछन् । थ्री ब्रदर्श फाष्ट फुड एण्ड रेष्टुरेण्का सञ्चालक शिबदेब पाण्डे ।

बागबजारस्थित उक्त रेष्टुरेण्टपछि काठमाडौका विभिन्न ठाउँमा कुकर कफीको सञ्जाल फैलाउने सोचमा छन् उनी ।

कुकर कफी कुकरमा जम्मा भएको बाफले उमालेर तयार गरिन्छ । निरन्तर खाएको कफीलाई आगोले पकाइन्छ भने कुकर कफी कुकरमा जम्मा भएको बाफ धाराबाट बाहिर निकालेर तयार गरिन्छ ।

कुकर कफी कसरी तयार गरिन्छ त ? हेर्नुहोस् भिडियो ।


पुष्प दुलाल