लगानीकर्ता निरास, नेप्से सूचकसँगै कारोबार रकममा भारी गिरावट



काठमाडौं । साताको पहिलो दिन नै लगानीकर्ताहरुलाई सेयर बजारले निराश बनाएको छ ।बैशाख महिना लागेयता बजारमा क्रमैसँग दोहोरो अंकको सुधार देखिएको थियो ।

यो साताको पहिलो दिन आइतबार नै नेप्से मापन गर्ने परिसूचकमा दोहोरो अंकको गिरावटले लगानीकर्तालाई निकै निरास बनाएको छ । आइतबार नेप्से सूचक १६.७१ अंकले घटेर १ हजार २७७.७८ बिन्दुमा रोकिएकोल छ । १७५ कम्पनीको २३ लाख १२ हजार ५३० कित्ता सेयर ६५ करोड ३ लाख ७८ हजार ४५४ रुपैयाँमा किनेबच भएको छ ।

दश उपसमूहको कारोबार हुँदा उत्पादन तथा प्रशोधन २०.८ र अन्य १.१२ अंकले बढेको छ भने बाँकी सबै उपसमूहको कारोबारमा गिरावट देखिएको छ ।

आइतबारको कारोबारमा कारोबार रकममा आधारमा नेपाल बैंक अग्रस्थानमा देखिएको छ । नेपाल बैंकको ६ करोड २८ लाख ८४ हजार ५७६ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र शिवम् सिमेन्ट रहेको छ ।


क्लिकमान्डु