शिवम् सिमेन्टमा किन झुम्मिए लगानीकर्ता ?
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएपनि उत्पादन मुलक क्षेत्रमा लगानीकर्ताहरुले चासो देखाएका छन् । साताको पहिलो दिन आइतबार शिवम् सिमेन्टमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ ।
यो समाचार तयार पार्दासम्म शिवम् सिमन्टको ४ करोड २२ लाख १४ हजार ८६२ रुपैयाँको सेयर कारोबार भएको छ । यसको सेयर मूल्य ६.६९ प्रतिशतले बढेको छ ।