यी अर्बपति व्यापारी: जसरी उदाए, उसैगरी अस्ताए

क्लिकमान्डु २०७६ वैशाख २१ गते ११:५१ मा प्रकाशित

कुनै पनि व्यापार व्यवसायमा उतार–चढाव सामान्य मानिन्छ । व्यापारमा सामान्य घाटा नाफा हुनु कतिपय अवस्थामा राम्रो पनि मानिन्छ । तर अस्वभाविक उतारचढावले कसरी व्यक्तिगत र व्यवसयिक दुबै जीवन ध्वस्त पार्छ भन्ने उदारहण हुन, भारतीय रियल स्टेट व्यापारी आम्रपाली समूहका अध्यक्ष अनिल कुमार शर्मा ।

सामान्य परिवारमा जन्मिएर पनि व्यवसायमार्फत एक दशकभित्र कमाएको सम्पत्ति र प्रसिद्धी लोभलाग्दो थियो । सफताको उच्चतम विन्दुमा पुगेर उसैगरी भूँईमा झर्नुको पीडा शर्मा जत्तिको सायद अरु कस्ले भोगको होला र ?

आम्रपाली ग्रुपका अध्यक्ष शर्माले रियल स्टेटको व्यापार सुरु गर्दा एउटा नारा अगाडि सारेका थिए । ‘मेरो घर, मेरो अधिकार’ । हरेक व्यक्तिको घरमा उसको अधिकार हुन्छ भन्दै सबैका लागि घर बनाउने सोचलाई व्यवसायिक रुपमा दिन चाहन्थे ।

एक दशकको छोटो समयमा उनको यो सोच सफल भयो । सफलताको यो गतीले शर्मालाई भारतका २४ वटा शहरमा ५० वटा प्रोजेक्टसम्म पु¥यायो । शर्माका हरेक दैनिकी सफलताको बढ्दो ग्राफसँगै बढिरहेको थियो ।

तर हरेक दिन सफलता मात्रै हात पर्छ र ? समय र नियत चुपेवामा परेपछि लोभलाग्दो करिअरको ग्राफ उसैगरी ओरालो लाग्यो । जसरी सम्पत्तिको चाङ बढ्यो उसैगरी घट्यो । जसरी विश्वाससँगै नाम कमाए उसैगरी नामसँगै विश्वास पनि गुमाए । यो नियतीले उनलाई सफल व्यवसायीबाट असफल व्यवसायीको रुपमा उभ्याउन कत्ति पनि समय पर्खेन ।

अहिले उनलाई मानिसलाई भने अनुसारको घर निर्माण गरेर नदिएको मात्रै होइन, लगानीकर्ताको सम्पत्तिलाई व्यक्तिगत काममा प्रयोग गरी आर्थिक दुरुपयोग गरेको समेत आरोप लाग्यो । शर्मा र उनको कम्पनी विरुद्धका मुद्धा अदालतमा दर्ता भएसँगै सर्वोच्च अदालतले उनको बैंक खाता, सम्पत्ती तथा कम्पनीका ४० वटा भागिनी संस्थाको बैंक खाता र सम्पत्तिमा समेत रोका लगाएदियो । त्यती मात्रै होइन, शर्माका ज्वाँई तथा कम्पनीका सीईओ ऋतिक सिन्हा समेत गिरफ्तारीमा परे ।

यसरी सुरु भयो सफलता

शर्मा बिहारको पट्ना शहरबाट ७० किलोमिटरको दूरीमा रहेको पन्डारक गाउँका निवासी हुन । कालिकटमा एनआईटीबाट बिटेकसम्मको अध्ययन पूरा गरी उनी खारगपुर आईआईटीबाट एमटेक पूरा गरे । त्यसपछि बिहारमा एटीपीसी र एनपीसीसीमा काम गरे । अध्ययनको दायरा अझ बढाए, कानून र व्यवस्थापन संकायको डिग्री समेत हासिल गरे ।

सन् २००२ मा रियल स्टेट बिजनेशमा भाग्य खोज्दै उनी राजधानी दिल्लीतर्फ पाइला बढाए । जहाँ उनले पहिलो प्रोजेक्ट रुपमा आम्रपाली एक्सोटिका सुरु गरे । जसले १४० वटा फ्ल्याट निर्माण ग¥यो । पहिलो सफल प्रोजेक्टले उनलाई थप काम गर्न हौसायो । रियल स्टेटका धेरै प्रोजेक्टका रुपमा भारतका विभिन्न ठाउँमा सुरुवात गरे ।

सन् २०१५ सम्ममा उनले सफलताको चरम सीमा चुमिरहेका थिए । जसले उनलाई थप काम गर्न प्रेरणा दिइरहेको थियो । त्यही सफलताको स्वाद चाख्न धेरै सेलिब्रेटीहरु पनि उनीसँगै जोडिए । व्यापारमा हातेमालो गर्दै अगाडि बढे ।

कम्पनीले छोटो समयमा आम्रपाली स्याप्रिर र आम्रपाली प्लाटिनम जस्ता प्रोजेक्ट दिल्लीसँगै जोडिएको नोयडामा सुरु गरे । गाजियावादमा आम्रपाली इम्पायर पनि सुरु भयो । ग्रेटर नोयडामा कमर्सियल, जयपुरमा टाउनसिप र मुज्जफरपुर र बिहारमा आम्रपाली मल्टिप्लेक्स र आईटी कम पाँच तारे होटलको सफलताले उनको करिअरको ग्राफलाई अझ उकालो चढायो ।

समयसँगै आम्रापाली समूहले प्रतिष्पर्धी व्यापारीका लागि छाँया बनिदियो । जसले शर्मालाई व्यापारमा विश्वस्नीय व्यक्तिका रुपमा परिचित बनायो । फलस्वरुप उनी क्रेडिया–एनसीआर जस्तो बिल्डर्स संघको अध्यक्षमा निर्वाचित गरायो । त्यसपछि उनको परिचय र हैसियत भारतबाहिर अन्तर्राष्ट्रियस्तरमा समेत पुग्यो ।

सफलताको उचाइमा भारत र विदेशबाट समेत ७० वटा अवार्ड थपिए । भारतीय क्रिकेटका सफल खेलाडी महेन्द्रसिंह धोनी कम्पनीको ब्राण्ड एम्बेस्डर बने । कम्पनीको दिनप्रतिदिन सफलताको उचाइ बढ्दै गयो ।

रियल स्टेटको व्यापार चरम उचाइ छुँदै गर्दा उनी एफएमसीजी क्षेत्रमा प्रवेश गरे । जसमा हस्पिटालिटी र मनोरञ्जनको क्षेत्र समाते । यस अन्तर्गतका उत्पादनहरु ‘आम्रपाली मम्स’का नाममा बिहार र रजगिर जस्ता शहरमा अवस्थित भी–मार्ट र बिग बजार जस्ता स्टोरमा देखिए । बरेलीमा तीन तारे होटल, उत्तर प्रदेश, डियोघर र झारखण्डमा पनि विस्तार भयो । आम्रापाली मिडियाले ‘गान्धी टु हिटलर’ र ‘आई डन्ट लभ यू’ जस्ता चलचित्र निर्माण ग¥यो । दुबै चलिचित्र सफल भए । चलचित्रको सफलताको श्रेय शर्माले श्रीमति र कम्पनीकी सीईओ डा. पल्लवी मिश्रलाई दिए ।

राजनीतिक महत्वकांक्षा

शर्माले रियल स्टेट व्यवसायमा चम्किएको भाग्यलाई राजनीतिमा पनि चम्काउने रुचि देखाए । उनी जस्तै रियल स्टेट व्यवसायहुँदै राजनीतिमा राज गरेका ‘बिजनेश टाइकुन’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रोल मोडल बनाए ।

फलस्वरुप उनले सन् २०१४ मा जेहेनाबादबाट भएको निर्वाचनमा भाग्य परीक्षण गरे । उनी जनता दल(जेडीयू)को टिकट पाएर निर्वाचनमा होमिए । तर सफलताको उचाइ यहाँ निर ब्रेक लाग्यो । उनले नराम्रो पराजय भोग्नु प¥यो । यो हारबाट उनी कत्ति पनि भने विचल्ली भएनन् ।

संसद सदस्य बन्ने महत्वकांक्षा कत्ति पनि कम भएन । त्यसपछि उनले राज्यसभामा जानका लागि अनेकाने प्रयास गरे । तर यहाँ पनि उनी सफल भएनन् । उनको ठाउँमा जेडीयू र आरजेडीका संयुक्त उम्मेदवार पवन वर्माले माथिल्लो सदनमा स्थान कब्जा गरे ।

रियल स्टेटमा पाएको उच्च सफलताबाट हौसिएका उनी राजनीतिमा असफलताको स्वाद चाख्न चाहन्नथे । उनले बीजेपीबाट राज्यसभामा जाने बाटो खोज्न थाले । बीजेपीबाट राज्यसभामा जाँदा आरजेडी र जेडीयू जस्ता पार्टीको समर्थन हुने अपेक्षा समेत उनमा थियो । आशा, भरोसा र विश्वास बलियो पनि थियो । तर यहाँ पनि उनले सफलता पाएनन् । सफल राजनीतिज्ञ हुन चालेका हरेक कदम उनका लागि ‘ब्याक फायर’ भयो । फलस्वरुप उनीमाथिको जन विश्वास पनि कम हुँदै गयो ।

असफलताले ठोक्कर यतीमा मात्रै सीमित भएन । उनलाई हत्याको आरोप समेत लाग्यो । लाखीसेराइमा बालिका विद्यापिठका सेक्रेटरी शरद चन्द्रको हत्यामा अन्य ६ जनासँगै उनको नाम पनि मुछियो । शर्माको गिर्दो शाखमा नुनचुक छर्किए झैँ भयो ।

आम्रपाली समूह अन्तर्गतको आम्रपाली इन्जिनियरिङ कलेज बालिका विद्यापिठको नाममा रजिष्टर्ड भएको जमिनमा बनेको थियो । जसमा विवाद भयो । कम्पनीका सेक्रेटरी शरद चन्द्र प्रमाणसहित अदालत पुगे । तर उनको पछि हत्या भयो । यही घटनाक्रमले व्यापारमा चम्किएको नाम सार्वजनिक रुपमा नराम्रोसँग प्रभावित भयो ।

राजनीतिमा पाएको असफलताको क्रम सफल भनिएको रियल स्टेटको व्यापारमा प्रवेश ग¥यो । शर्मा र उनको कम्पनी विरुद्ध चेक बाउन्स र जालसाजीको आरोपमा लाग्यो । अदालतमा मुद्धा थुप्रिन सुरु भए । यही मुद्धालाई विचाराधिन राख्दै अदालतले उनको बैंक अकाउन्ट फ्रिज गरिदियो । कम्पनीका ४० भगिनी सस्थाको बैंक खाता र कम्पनीका प्रबन्ध निर्देशक सबैका बैंक खाता समेत फ्रिज भए । त्यती मात्रै होइन अदालतले कम्पनीसँग जोडिएका चल र अचल सबै खाले सम्पत्ति रोक्का गरिदियो । रियल स्टेटले भाग्यमानी बनाएको शर्मालाई रियल स्टेट व्यवसायले नै अभागी बनाइदियो ।

उनीमाथि आरोपको चाङ

कम्पनीका अधिकारीहरुले हक बिना नै प्रोफेसनल शुल्कका रुपमा करोडौ रकम लिएको आरोप लाग्यो । फरेन्सिक अडिटरको रिपोर्टमा नोटबन्दीको समयमा शर्मा र निर्देशक शिव प्रियाले आफ्नो खातामा १२ करोड रुपैयाँ नगद ट्रान्सफर गरेको उल्लेख छ । जसको हिसाब किताब भेटिएन ।

अडिटरहरुले तयार पारेको २५ सय पृष्ठ लामो रिपोर्टमा उक्त रकम कम्पनीका निर्देशक तथा उनीहरुका परिवारले गरेको उल्लेख छ । रिपोर्टमा शर्मा र ४ अन्य निर्देशकले प्रोफेसनल शुल्कवापत १ अर्ब ७ करोड रुपैयाँ भुक्तानी गरेको जसका लागि उनीहरु हकदार नभएको उल्लेख छ । यो रकम उनीहरु कम्पनीमा कार्यरत रहँदा लिएका थिए ।

सेवाका प्रमाण नै छैनन्

रिपोर्टअनुसार कुनै पनि व्यक्ति कि त पूर्णकालिन कर्मचारीका रुपमा काम गर्न सक्छ वा कम्पनीको प्रोफेशनल सेवा दिन सक्छ । तर कुनै पनि कर्मचारी कम्पनीमा स्यालरी र प्रोफेसनल शुलक गरी एकै समयमा दुबै लाभ लिन सक्दैन् ।
निर्देशकहरुले प्राफेसनल शुल्कका रुपमा भारी रकम लिएको र जसका लागि उनीहरुले कम्पनीमा सम्झौतासमेत गरेका थिएनन् । रोचक कुरा त के भने पैसाको भुक्तानी त्यतीबेला भएको थियो जतिबेला कर्मचारीका लागि सबैभन्दा बढी पैसा जरुरी थियो । जस्तै, व्यक्तिगत लगानी, सन्तानको विवाह तथा अन्य व्यक्तिगत खर्चका लागि उनीहरुले रकम भुक्तानी गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

छोरीको विवाहमा भयो झण्डै २ करोड खर्च

रिपोर्टका अनुसार प्रोफेसनल शुल्कको मुख्य उद्देश्य हाउजिङ लोन, कार खरिद, गहना खरिदसहित अन्य व्यक्तिगत कामका लागि प्रयोग गरिएको थियो । यस उद्देश्यका लागि निर्देशकहरुले घर खरिदकर्ताबाट लिइएको पैसा आफ्नो व्यक्तिगत खातामा डाइभर्ट गरेका थिए ।
अडिटरले सर्वोच्च अदालतमा बताएअनुसार सन् २००८ देखि २०१६ का बीचमा कम्पनीको पारिश्रमिकका रुपमा शर्माले ८३ करोड रुपैयाँ र शिवप्रियाले साढे ५७ करोड रुपैयाँ लिएको देखिन्छ । त्यस्तै, शर्माले झण्डै २ करोड रुपैयाँ छोरीको विवाहमा खर्च गरेका थिए । एजेन्सी

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स