यी व्यवसाय गर्नुहोस्, आयकरमा छुट पाउनुहोस्



काठमाडौं । व्यवसाय गरेपछि कर तिर्नुपर्छ । तर,नेपाल सरकारले केही व्यवसायमा भने कर छुट दिने गरेको छ ।

सरकारले हरेक वर्ष ल्याउने बजेटसँगै ल्याउने आर्थिक ऐनमा कर छुटको व्यवस्था गरेको हुन्छ ।

सरकारले स्वदेशी चिया उत्पादन र प्रशोधन गर्ने उद्योग,दुग्ध पदार्थको कारोबार गर्ने डेरी उद्योग र कपडा उत्पादन गर्ने कपडा उद्योगले बिक्री गरेर प्राप्त गरेको आम्दानीमा लाग्ने आयकरमा ५० प्रतिशत छुट पाउँछन् ।

सामुदायिक संस्थाले गर्ने स्वास्थ्य संस्थामा कर योग्य आयमा २० प्रतिशत कर छुटको व्यवस्था सरकारले गरेको छ ।

लघु उद्यम उद्यम वा व्यवसायमा ५ वर्षसम्म सरकारले कर छुट दिन्छ । यस्तै यस्तो खालको लघु उद्यम महिलाले संचालन गरेको भएमा ७ वर्षसम्मको लागि आयकर छुट दिने व्यवस्था रहेको छ ।


क्लिकमान्डु