राष्ट्रिय वाणिज्य बैंकको परीक्षा सर्ने नै हो ? यस्तो छ वास्तविकता



काठमाडौ.। राष्ट्रिय वाणिज्य बैंकले ६६१ जना कर्मचारी भर्नाको लागि विज्ञापन खुलाएपछि फाराम भर्ने काम धमाधम भइरहेको छ । बाणिज्य बैंकमा कर्मचारी माग हुने भनिएतापनि त्यसले पुर्णता पाउन समय लागेको थियो ।

२०७५ साल पुस पहिलो साता विज्ञापन खुल्ने भनिएता पनि कर्मचारी विनिमावली समयमै सम्वन्धित निकायहरुबाट पारित नहुँदा विज्ञापन खुल्ने समय पछि धकेलिएको थियो । केहि दिन अघि बैंकले विज्ञापन खोलेपछि अहिले फाराम भर्ने र तयारीमा जुट्ने परिक्षार्थीहरु निकै धेरै छन ।

तर यहि बेला वाणिज्य बैंकले कर्मचारी भर्नाका लागि लिने भनिएको जाँच सर्ने हल्ला पनि सुनिन थालेको छ । तर के हो त बास्तविकता ?

वाणिज्य बैंक स्रोतका अनुसार अब हुने कर्मचारी भर्नाका लागि नयाँ विनियावली आएको छ । त्यो विनियावली अनुसार जादाँ पहिले भर्ना भई काम गर्दै आएका कर्मचारीहरुले आफुहरुलाई केहि सेवा सुविधामा अन्याय हुने महसुस गरेका छन् । विभिन्न ट्रेड युनियन सम्बद्ध कर्मचारी सर्वोच्च अदातल गएका छन् । बैंकका प्रमुख कार्यकारी अधिृकत किरण कुमार श्रेष्ठ काम विशेषले अहिले बाहिर छन् । जसको कारण पदपूर्ति समितिको बैठक बस्न सकेको छैन ।
त्यसो भए परीक्षा सर्ने सम्भावना कत्तिको छ, यो कुराले परीक्षा समयमा असर पर्छ कि पर्दैन भन्ने प्रश्नमा बैक श्रोतले भन्यो– अहिले लोकसेवाले परीक्षाको मिति तोकिसकेको छैन । परीक्षा लिने काम लोकसेवाको हो । सेवा सुविधाको कुरा बैंकको आन्तरिक कुरा हो, यसले परीक्षालाई त्यस्तो धेरै प्रभाव पार्ने देखिदैन । हामी कुनै असर नपर्ने गरी छलफलबाट यो कुराको टुङगो लगाउने प्रयास गर्दैछौ ।


क्लिकमान्डु