कुमारी बैंकले निक्षेपभन्दा कर्जा बढी दियो, सेयरधनीलाई दिने नाफा ६१ करोड



काठमाडौं । कुमारी बैंकले चैत मसान्तसम्ममा १ अर्ब १ करोड नाफा गरेको छ ।

बैंकले प्रकाशित गरेको विवरणमा १ अर्ब १ करोड रुपैयाँ नाफा भएको उल्लेख गरेको छ । अघिल्लो वर्षको चैत मसान्तमा बैंकको नाफा ७३ करोड ६३ लाख रहेको थियो ।

बैंकले दुई आर्थिक वर्षदेखि साधारणसभा गरेको छैन । यद्यपी बोनस भने घोषणा गरेको छ । साधारणसभा नगरेको कारण बैंकको अहिलेपनि चुक्त पुँजी पुगेको छैन । बोनस जोड्दा भने चुक्ता पुँजी पुग्छ । बैंकको अहिले ७ अर्ब १६ करोड चुक्ता पुँजी रहेको छ ।

चैत मसान्तसम्ममा बैंकले ६९ ४अर्ब निक्षेप छ । अघिल्लो चैतमा निक्षेप ५९ अर्ब ५४ करोड थियो । कर्जा भने चैत मसान्तसम्म बैंकले ६९ अर्ब ५९ अर्ब गरेको छ ।

बैंकले अघिल्लो वर्षको चैतमा ५० अर्ब ५९ करोड रुपैयाँ कर्जा दिएको थियो । अघिल्लो वर्षको चैतमा पनि बैंकको निक्षेपभन्दा बढी कर्जा रहेको थियो ।

बैंकको कर्जाको बेसरेट ११.०२ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ८० प्रतिशत कटेपनि बैंकले विवरणमा भने ७८.५९ प्रतिशत सिसिडी रहेको देखाएको छ ।


क्लिकमान्डु