यी माइक्रो फाइनान्स कम्पनीका सेयर पाइन्छ कम मूल्यमा (सूचीसहित)



काठमाडौं । नेपालको सेयर बजारमा माइक्रो फाइनान्स कम्पनीको उपस्थिती मजबुत बन्दै गएको छ । पछिल्लो समयमा माइक्रो फाइनान्सको सेयर मूल्य पनि निकै बढ्दै गएको छ । बजारमा माइक्रो फाइनान्स कम्पनीको सेयर प्रति लगानीकर्ताको आकर्षण पनि निकै बढ्दै गएको छ ।

पछिल्ला दिनहरुमा माइक्रो फाइनान्स कम्पनीको साधारण सेयर (आइपीओ) आउने क्रम पनि निकै बढेको छ । आईपीओमा पनि लगानीकर्ताको आकर्षण पनि निकै बढने गरेको छ ।

आवेदन खुला गरेका माइक्रो फाइनान्समा माग भन्दा कैंयौ गुण बढी आवेदन पर्ने गरेको छ । यसर्थ पनि माइक्रो फाइनान्समा लगानीकर्ताको चासो निकै देख्न सकिन्छ ।

सेयर बजारमा माइक्रो फाइनान्सको सेयर मूल्य निकै राम्रो छ । केही कम्पनीको प्रतिकित्ता भने एक हजार १५ सय भन्दा बढी रहेको छ । यस मध्येमा सबै भन्दा न्यून मूल्य भएका अर्थात प्रति कित्ता ६ सय भन्दा कम मूल्य भएका कम्पनी १५ वटा रहेका छन् ।

यस मध्ये पनि सबै भन्दा कम ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३३८ रहेको छ । नयाँ लगानीकर्ताका लागि कम मूल्यमा माइक्रो फाइनान्स कम्पनीको शेयर खरीद गर्न सकिने अवस्था पनि रहेको छ ।


क्लिकमान्डु