सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्सेमा देखिएको गिरावट सँगै कारोबार रकम पनि घटेको छ ।

नेप्से मापन गर्ने सूचक ११.७० अंकले घटेर १२९८.६० बिन्दुमा रोकिएको छ । मंगलबार १७६ कम्पनीको २९ लाख ६७ हजार ३५८ कित्ता सेयर सेयर ९५ करोड ८६ हजार ९३६ रुपैयाँको सेयर किनबेच भएको छ । ११ उपसमूहको कारोबारमा जलविद्युत ४५.४९, वित्त १.०३ अंकले बढेको छ भने बाँकी सबैको कारोबारमा गिरावट आएको छ ।

मंगलबार कारोबार रकममा आधारमा नेपाल लाइफ इन्स्योरेन्सको अग्रस्थानमा रहेको छ । नेपाल लाइफाको १६ करोड ७ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र अप्पर तामाकोशी हाईड्रोपावर रहेका छन् ।

मंगलबारका कारोबारमा सानिमा माई हाईड्रोपावर, अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी, यूनाईटेड मोदी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाउँदा राष्ट्रिय बीमा कम्पनी, एशियन लाइफ इन्स्योरेन्स जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु