नेपाल एग्रो लघुवित्तको आइपीओमा १५ हजार १२० जनाले पाए १० कित्ता



काठमाडौं । नेपाल एग्रो लघुवित्तको साधारण सेयर (आइपीओ) बाँडफाँड भएको छ । आवेदन दिएका ३ लाख १५ हजार ६३० जना मध्ये ३ लाख १४ हजार ९२५ जनाको आवेदन सदर भएको थियो ।

आवेदन सदर भएका मध्येबाट १५ हजार १२० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । बाँकी आवेदकको हात खाली भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ । एग्रोले वैशाख ८ देखि ११ गतेसम्म १ लाख ६१ हजार ७७८ कित्ता सेयर निष्कासन गरेको हो ।

३ लाख १५ हजार ६३० जना लगानीकर्ताले ६४ लाख २ हजार ३९० कित्ताका लागि आवेदन दिएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङले जनाएको छ ।


क्लिकमान्डु