सेयर बजारमा गिरावट, कारोबार रकम भने अर्ब बढी



काठमाडौं । बैशाखयता क्रमिक रुपमा बढ्दै गएको सेयर बजारमा सोमबार भने सामान्य गिरावट आएको छ ।

यो दिन नेप्से सूचक ४.२१ अंकले घटेर १३१०.३१ बिन्दु कायम भएको छ । सोमबार बजारमा केही उतार चढाव देखिएको छ ।

यो दिन १७४ कम्पनीको ३० लाख १६ ४८० कित्ता सेयर १ अर्ब १९ करोड ७७ लाख ६९ हजार ८ रुपैयाँको सेयर किनबेच भएको छ ।

११ उपसमूहको कारोबार हुँदा टे«डिङ ५.४९, होटल ७.३९,  उत्पादन तथा प्रशोधन ९.७३,  अन्य ३.३२ र जीवन बीमाको १३०. ७२ अंकले बढेको छ । बाँकी सबैको कारोबारमा गिरावट देखिएको छ ।

सोमबार कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको १४ करोड ६९ लाख ८२ हजार ४८८ रुपैयाँ रहेको छ । यस्तै दोस्रो र तेस्रोमा क्रमशः नेपाल बैंक र  प्रभु बैंक रहेका छन् ।


क्लिकमान्डु