बैंक संख्या घटाउन मर्जरपछि आयकरमा ३ वर्षसम्म ५० प्रतिशत छुट चाहिन्छ : बैकर्स संघका अध्यक्ष ढुंगानाको बिचार



अहिले सरकारले बैंक तथा वित्तीय संस्था मर्जर जानको लागि पुँजीगत लाभकर र लाभांश करमा छुट दिदै आएको छ ।

पछिल्लो समय बैंकको नै संख्या बढी भएको र यसलाई घटाउनको लागि नियामक निकायले भन्दै आएका छन् । विकास बैंक र फाइनान्स कम्पनीको संख्या घटेपनि वाणिज्य बैंकको संख्या ३२ बाट २८ मा आएको छ ।

कर छुट नै ठूला बैंकको मर्ज गराउने बलियो हतियार, के गर्लान् अर्थमन्त्रीले ?

ठूला बैंकको संख्या घटाउनको लागि अहिले आवश्यक्ता भनेको आयकरमा छुट हो । अहिले सरकारले बैंकलाई ३० प्रतिशत आयकर लिने गरेको छ । आयकरमा कम्तीमा पनि ३ वर्षको छुट दिने हो भने बैंकको संख्या घटाउनको लागि ठूलो दवाव पर्छ ।

अहिले बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा अत्याधिक बढी छ । जसले गर्दा सेयरधनीलाई दिने प्रतिफल बढाउनको लागि निकै चुनौती छ । यदी बैंक र बैंकबीच हुने मर्जरपछि ३ वर्ष आयकरछुट हुँदा सेयरधनीले प्राप्त गर्ने लाभांश समेत बढ्ने छ । जसले गर्दा मर्जरमा जानको लागि ठूलो प्रोत्साहन हुने छ ।

बैंकको संख्या धेरै भयो, अझै घटाउनुहोस्, हामीले फोर्स मर्ज गर्नु नपरोस्ः अर्थमन्त्री खतिवडा (भिडियोसहित)

तर,आयकर छुट दिदैमा बैंक मर्जरमा जान्छन् भन्ने ग्यारेन्टी भने हँुँदैन । यो प्रोत्साहनको लागि गर्ने हो ।

बैंकको नै संख्या बढी हुँदा ज्यादै ठूलो अस्वस्थ प्रतिस्पर्धा बढेको छ । यसको लागि मर्जरमा जानु बाध्यता नै हो । तर,नियामक निकाय सहित सरकारले पनि प्रोत्साहनको कार्यक्रम ल्याउनुपर्छ । बैंकलाई मर्जरमा जानको लागि सरकारले वित्तीय नीतिबाट दिने प्रोत्साहन भनेको आयकरमा छुट हो । जुन ५० प्रतिशत ३ वर्षसम्मको लागि चाहिन्छ ।

बैंकर्स संघले पनि संख्या घटाउने हो भने आयकरमा छुट मागेको हो । अहिले बैंक तथा वित्तीय संस्था मर्जर गर्दा हुने छुटको लाभ सबैलाई छैन । यदी आयकरमा ५० प्रतिशत छुट दिने हो भने त्यो लाभ सबैलाई हुन्छ ।

एभरेष्ट र लक्ष्मीको मर्जरमा चुकेको राष्ट्र बैंक प्राइम र ओममा नचुकोस्, अब यसो गरौं

हामीले निकालेको हिसाबले यसरी आयकरमा छुट दिदा १५ देखि १६ अर्ब रुपैयाँ राजस्व कम हुने हो । ठूला बैंक मर्जर भएपछि आउने इफिसियन्सीले त्यो राजस्व समेत कम हुँदैन ।

अर्थमन्त्री पनि बिग मर्जरकै पक्षमाः बैंकको संख्या १०/१२ मा झार्ने गभर्नरको सपना अब पूरा होला ?

यस बारेमा हामीले अर्थमन्त्रीलाई माग गरेका छौ । अर्थमन्त्री संख्या घटाउनको लागि दिने आयकर छुट लगायतका सुविधामा सकारात्मक भने हुनुहुन्छ ।

बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानासँग क्लिकमाण्डूले गरेको कुराकानीमा आधारित


क्लिकमान्डु