बैंकको संख्या धेरै भयो, अझै घटाउनुहोस्, हामीले फोर्स मर्ज गर्नु नपरोस्ः अर्थमन्त्री खतिवडा (भिडियोसहित)



आज बिहान मैले गृहिणीको सामान्य प्रश्नको सामना गर्नुपर्‍यो । तपाईँ मर्जन-मर्जर भन्दै बैङ्कको सङ्ख्या घटाउने भन्दै हिँड्नु हुन्थ्यो । फेरि आज बैङ्कको उद्घाटन छ भन्नुहुन्छ । कुन बैङ्क हो यो ? थप्न पो खोज्नु भएजस्तो छ  ? यो प्रश्न मैले चिया खाँदाखाँदै सामना गरे । मैले भने- हैन । यो अलि फरक प्रकृतिको बैङ्क हो । यसले ठूलाठूला आयोजनामा लगानी गर्छ । ठुला आयोजनामा लगानी गर्नलाई धेरै बैङ्क जुटनु पर्ने स्थिति हुँदैन । एक्लैले गर्न सक्छ । यसको पुँजी धेरै छ ।

आज आम नेपालीमा उठेको प्रश्न पनि यही हो । बैङ्कको सङ्ख्या २८ वटा छन् । यो सङ्ख्या नै धेरै भयो । यति धेरै बैङ्क तथा वित्तीय संस्था मर्जरबाट घटेर २८ हुँदा पनि भएको प्रतिस्पर्धा देख्दा मलाई आश्चर्य लाग्छ । ८/१० वटा वा २० वटा मात्रै भएको भए अस्वस्थ प्रतिस्पर्धा हुने थिएन कि भन्ने कुनै बेला मलाई लाग्ने गरेको छ । स्वतःस्फूर्त रूपमा तपाईँहरू मर्ज हुनु भनेर भनिएको पनि हो । त्यो बेला मलाई फोर्स मर्जरमा जानु भनेर धेरै सुझावपनि आएका हुन् । अहिले पनि त्यसका केही कपीहरु मेरो कुनै ब्रिफकेसमा भेटिन सक्छन् ।

संख्या धेरै भयो भन्नेहरू एक ठाउँमा बसेर सल्लाह गर्नुहोस् कि को-को मिलेर एक बन्न सकिन्छ । यसले सञ्चालन लागत घट्छ । व्यवसाय गर्ने प्रतिस्पर्धा बढ्छ । पुँजीको आकार बढ्छ । यसको धेरै गुण छन् । धेरै भयौं भन्नेलाई मिलेर हामी आयौँ भन्न पनि अनुरोध गर्दछु ।

तर मैले निजी क्षेत्रको व्यवसाय हो । स्वेच्छाले वा मर्ज भएर, ठुलो भएर वा हाम्रो कानुनभित्र रहेर सानो नै भए पनि गर्ने उहाँहरूको कुरा हो । यसमा नियमनकारी निकाले धेरै हस्तक्षेप गर्न हुँदैन भनेर जर्बजस्ती मर्जर नगरिएको हो । त्यसैले स्वैच्छिक मर्जरमा गएको हो । त्यसले गर्दा ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्था निकै घटे । तर ‘क’ वर्गका वित्तीय संस्थाहरू लगभग उनी नै हुनुभयो । ४ वटा मर्ज भए । अरू भएनन् ।

बैङ्कहरूले पनि दोस्रो बिचार गर्नु- तपाईंहरु २८ वटा हुनुहुन्छ । हामी धेरै भयौँ भनेर सबैले भनिरहनु भएको छ । मसँगको व्यक्तिगत भेटमा हामी धेरै भयौँ भन्नुहुन्छ । अनि कुनै दुई मिलेर हामी एक होऔँ भन्न सक्नु भएको छैन । त्यसो हुनाले धेरै भयौ भन्नेहरू एक ठाउँमा बसेर सल्लाह गर्नुहोस् कि को-को मिलेर एक बन्न सकिन्छ । यसले सञ्चालन लागत घट्छ । व्यवसाय गर्ने प्रतिस्पर्धा बढ्छ । पुँजीको आकार बढ्छ । यसको धेरै गुण छन् । धेरै भयौ भन्नेलाई मिलेर हामी आयौँ भन्न पनि अनुरोध गर्दछु ।

बैङ्क पनि निजी क्षेत्रकै उद्यमीहरू पनि निजी क्षेत्रकै, तपाइहरूबिचको यो सुर्कासुर्की हामीलाई पटक्कै मन परेको छैन । उद्योग वाणिज्य क्षेत्रका छाता सङ्गठन हुनुहुन्छ, तपाइहरू बसेर छलफल गर्नुस् । साझा निष्कर्ष निकाल्नुस् । र, सरकारले कहाँ हस्तक्षेप गर्नुपरेको हो ? आएर भन्नुस् । हामी जथाभाबी हात फैलाउँदै अर्थात् राजीतक भाषामा भन्ने हो भने सुँड पसार्दै तपाईँहरूको क्षेत्रमा प्रवेश गर्ने वाला छैनौँ । हाम्रो त्यो अभिप्राय हैन ।

तर तपाइहरू झगडा गर्ने हो भने हामी झगडा मिलाउन तयार हुनुपर्छ । त्यो झगडा नगर्नु । अतिवादमा दुवै नजानु । ६ र १६ मा हामी जानु हुन्दैन । त्यसको बिचमा हामीले सोलुसन खोज्नुपर्छ । अङ्क गणित हिसाब गर्नेलाई औसतमा थाहा भइहाल्छ । त्यो औसतमा बस्ने गरी हामीले काम गरौँ । दीर्घकालीन लगानीका लागि अवसर पनि जुट्छ । यसले लिएको ऋण तिर्न सक्ने क्षमताको विकास हुन्छ ।

यो ब्याजदरमा अस्वाभाविक प्रतिस्पर्धा गर्ने कुरा हामी नगरौं । संस्थागत निक्षेपकर्ताहरुले पनि सोच्नुहोस् कि तपाईंहरु अत्यन्तै धेरै मौसमी लाभ लिनेतिर नलाग्नुस् । यसलाई हस्तक्षेप, निर्देशन, सल्लाह, सुझाव जे भने पनि भन्नुहोस् । बिरालो कालो भए पनि सेतो भए पनि बिरालोको काम मुसा मार्ने हो । मुसा मर्‍यो भने बिरालोजस्तो होस् हामीलाई अर्थ छैन । त्यो मुसो मर्ने भनेको ब्याजदर सन्तुलित होस् । व्यवसाय मैत्री होस् । त्यसरी हामी जान सकौँ ।

बैङ्कले अब प्रतिस्पर्धात्मक भूमिका निर्वाह गर्नुका साथै त्यसको अतिरिक्त परिपूरक भूमिका निर्वाह गर्न सक्नु पर्छ । त्यसमा पहिलो कुरा के हो भने हाम्रो बैकिङ प्रणाली व्यापारमा लगानी गर्ने, उद्योगमा चालु पुँजी दिनेमा नै अभ्यस्त भएको छ । अहिले त्यही स्कुलिङबाट आएको छ । त्यसैमा विज्ञता हासिल गरेको वित्तीय प्रणाली हो । बैङ्कहरू त्यही हो, त्यसका सिनियरसङ अफिसरहरू पनि मोटामोटी व्यापार व्यवसायका विज्ञ हुनुहुन्छ ।

अहिले मुलुकको विकासको आवश्यकता दिर्घकालीन विकासका आयोजनामा रहेको छ । चाहे त्यो पर्यटन पूर्वाधार होस, चाहे जलविद्युत होस, चाहे अन्य कुनै किसिमको नवीकरणीय ऊर्जा नै किन नहोस् । चाहे त्यो सहरी पूर्वाधार वा औद्योगिक विकास प्रतिष्ठान नै किन नहुन् । यस्ता व्यवसायमा इन्जिनियरिङ ज्ञान, व्यवसायीक ज्ञान चाहिन्छ ।

दीर्घकालीन रूपमा त्यसलाई हेर्न सक्ने जनशक्ति पनि चाहिन्छ । त्यो सबैको नेतृत्व गर्ने संस्था पनि चाहिन्छ । अनि यस क्षेत्रमा अनुभव भएका केही व्यक्ति चाहिन्छ । मैले केहीलाई लगानी गर्न पनि भनेँ । प्रतिस्पर्धा हुने भन्दै दिर्घकालीन जोखिम किन लिने ? ब्याजदर कता जान्छ ? बजारको अवस्था कस्तो हुन्छ ? अरू बैङ्क अल्पकालीनमा छन् । हामी पनि अल्पकालीनमा नै लाग्ने जस्तो जवाफ पाएँ ।

तपाइहरूबीचको यो सुर्कासुर्की हामीलाई पटक्कै मन परेको छैन । उद्योग वाणिज्य क्षेत्रका छाता सङ्गठन हुनुहुन्छ, तपाइहरू बसेर छलफल गर्नुस् । साझा निष्कर्ष निकाल्नुस् । हामी जथाभाबी हात फैलाउँदै अर्थात् राजीतक भाषामा भन्ने हो भने सुँड पसार्दै तपाईँहरूको क्षेत्रमा प्रवेश गर्ने वाला छैनौँ । तर तपाइहरू झगडा गर्ने हो भने हामीले झगडा मिलाउन हस्तक्षेप गर्नैपर्छ ।

बजारमा कर्जाको बजारमा प्रतिस्पर्धा देखिएको छ । यो बैङ्कबाट मैले गरेको पहिलो अपेक्षा तपाईंले दिर्घकालीन विकासका आयोजनामा नेतृत्व लिनु । नेतृत्वदायी बैङ्क बन्नु । तपाईँहरूको स्टाफिङ, संरचना बैङ्किङ प्रणालीमा पूर्ण छैन । चाहे त्यो जनशक्तिको हिसाबले होस् वा पुँजीको हिसाबले नै किन नहोस् । यो सबै मिलाउने गरी नेतृत्व लिनुपर्छ । यसले मुलुकको लगानीको आवश्यकता, व्यवसायीक लगानीको आवश्यकता पुरा गर्छ ।

अहिलेसम्म बैङ्कहरूको पुँजी बढेको छ । आजभन्दा १० वर्षअघि बैङ्कको चुक्ता पुँजी, जगेडा कोष, खराब ऋणको लागि गरेको  रिजर्भ जोड्दा करिब सवा खर्ब रुपैयाँ तपाइहरू सँग रहेछ । अहिले पुस मसान्तमा झन्डै ७ खर्ब त्यस्तो पुँजी छ । तपाईँहरूको जगेडा कोष र तपाईँहरूले राखेको ऋण बापतको रकम जोड्दा तपाईँहरूको एकुमुलेट रिजर्ब र क्यापिटल ६ गुणाले बढेको छ, त्यो पनि १० वर्षमा । दूरसञ्चार कम्पनी बाहेक अन्य कम्पनीको पुँजी १० वर्षमा ६ गुणाले बढेको छैन । यो सम्भव छैन । यति छिटो विकास हुनु भएको छ । त्यो विकासलाई समाजको प्रगति, समावको सेवा क्षेत्रको विस्तारमा परिवर्तन गर्न सकेका छौ कि छैनौँ । यो प्रश्न उठेको छ ।

बैंकिङ प्रणाली एकोहोरो यसरी एकुमुलेशन गरेर ७ खर्बको दायित्वले अर्को पाठमा यसै पनि एकुमुलेट गरेको छ । त्यति एकुमुलेट गरेको समपत्तिलाई धान्न सक्ने रियल सेक्टर आवश्यक पर्छ कि पर्दैन ? व्यापार व्यवसायले मात्रै धान्दैन ? व्यवसायको लागत, वातावरण पूर्वाधारले निर्धारण गर्छ । लगानी गर्ने नगर्ने भन्ने पूर्वाधारमा निर्भर हुन्छ । अब पूर्वाधार विकास बैङ्कले लगानीको वातावरणको कम्प्लीमेन्ट्रीको भूमिका निर्वाह गर्दछ ।

तपाईंहरुको लगानी र पूर्वाधार बैङ्कको लगानी कम्प्लीमेन्ट्री हुन्छ । तपाइहरूले अल्पकालीन चालु पुँजी वा अन्य पुँजी राखिरहँदा पूर्वाधार बैङ्कले दिर्घकालीन प्रकृतिको पुँजी राख्यो भने तपाईँहरूको ए सेट म्याचिङ हुन्छ । पूर्वाधार बैङ्कले अल्पकालीन निक्षेपको लागि प्रतिस्पर्धा गरेर तातेको बजारलाई नतताउनु होला भन्ने मेरो अर्को अनुरोध हो ।

यो ब्याजदरमा अस्वाभाविक प्रतिस्पर्धा गर्ने कुरा हामी नगरौं । संस्थागत निक्षेपकर्ताहरुले पनि सोच्नुहोस् कि तपाईंहरु अत्यन्तै धेरै मौसमी लाभ लिनेतिर नलाग्नुस् । यसलाई हस्तक्षेप, निर्देशन, सल्लाह, सुझाव जे भने पनि भन्नुहोस् । बिरालो कालो भए पनि सेतो भए पनि बिरालोको काम मुसा मार्ने हो ।

तपाइहरूले नयाँ, सोर्स अवसर खोज्नै पर्छ । बचत परिचालन गर्दा दीर्घकालीन प्रकृतिको गर्नुपर्छ । दीर्घकालीन बचत परिचाल गर्नुपर्ने बीमाका साथीहरू हुनुहुन्छ । सञ्चय कोष, नागरिक लगानी कोष, सरकारका अन्य कोष रहेको छन् । त्यो कोष परिचालन हुने अन्य उपकरणहरू तपाइहरूले जारी गर्नुपर्छ । बाँकी लगानीकर्ताको आवश्यकता हेर्नुपर्छ । तपाइहरूले लङ रनको डिपोजिट हो कि, बण्ड मार्केट हो ? त्यसमा त्यसमा तपाइहरू जानै पर्छ । अल्पकालीन बजारमा बैङ्कहरूसँग प्रतिस्पर्धा गर्नुभयो भने त्यसले केही अर्थ राख्दैन । थप पुँजी कसरी आउँछ, पुँजीको संरचनालाई कसरी पुनर्संरचना गर्न सकिन्छ भन्नेमा तपाईँहरूले ध्यान दिनुपर्छ ।

पूर्वाधार विकास बैङ्क धेरै पुँजी भएको, सरकार पनि सामेल भएको बैङ्क हो । सरकार पनि भएको कारणले तपाईँहरूको अर्को रेपुटेशन हुन्छ । त्यो कारण अन्तर्राष्ट्रिय बजारबाट पुँजी परिचालन गर्न सरकारले के सहयोग गर्न पर्‍यो ? त्यो हामी गर्छौ । अन्तर्राष्ट्रिय बजारबाट ऋण ल्याउने र गैरआवासीय नेपालीहरूलाई पनि ऋणपत्र नकिने डिपोजिटका सर्टिफिकेटहरू दिएर भए पनि उहाँहरूको बचत परिचालन गर्न सक्नुहुन्छ । बाहिर गयो, साना लगानीकर्ता लगानी गर्न पाइएन भन्नुहुन्छ । नेपालमा आयो पैसा नै छैन ।


विदेशमा भएका नेपालीले बण्ड नबुझ्लान् । उनीहरूलाई यो डिपोजिट यहाँ राख यति प्रतिशत ब्याज पाउँछौँ, त्यसको सर्टिफिकेट यो भन्ने हो भने बिक्छ होला । त्यो एनआरएनको साथीहरूले छलफल गरी दिनु होला । एनआरएनका साथीहरूलाई मैले केही ठाउँमा सम्बोधन गर्न इन्भेष्टमेन्ट फण्ड, कम्पनी आउन प्रोत्साहन दिएका छौँ । त्यस्ता कम्पनीको स्रोत बैङ्कले परिचालन गर्न सक्छ । उनीहरूलाई हामीले मनिटरीङ गर्नुपर्छ । पुँजी जोड्न कम्पनीहरू आउँछन् भने हामी वित्त बजारको प्लेयरको रूपमा मान्नुपर्छ । भोलि तपाईंहरुले हेजिङ लगायतको कामको पनि नेतृत्व लिन सक्नुहुन्छ । तपाइहरूसँग अवसर नै अवसर छ । यो अवसरको उपयोग गर्नुस् । प्रतिस्पर्धा आवश्यक छ । तर, हामी अवस्था चाहँदैनौ । स्वस्थ प्रतिस्पर्धा गरौँ । एकअर्काको परीपुरको रूपमा जानुपर्छ ।

बैङ्कहरूको पुँजी बढेको छ । आजभन्दा १० वर्षअघि बैङ्कको चुक्ता पुँजी, जगेडा कोष, खराब ऋणको लागि गरेको  रिजर्भ जोड्दा करिब सवा खर्ब रुपैयाँ तपाइहरू सँग रहेछ । अहिले पुस मसान्तमा झन्डै ७ खर्ब त्यस्तो पुँजी छ । तपाईँहरूको जगेडा कोष र तपाईँहरूले राखेको ऋण बापतको रकम जोड्दा तपाईँहरूको एकुमुलेट रिजर्ब र क्यापिटल ६ गुणाले बढेको छ, त्यो पनि १० वर्षमा ।

सरकारले गर्ने आवश्यक सबै सहयोग गर्न तयार छ । यसमा सरकार साझेदार हुनमा कारण छ । २०५० सालतिर होला विकास बैङ्क ऐन ल्यायौँ । विकास बैङ्क दर्ता सुरु गर्‍यौँ । त्यो बेला वाणिज्य बैङ्कले अल्पकालीन प्रकृतिको ऋण प्रवाह गर्नुहुन्छ, दिर्घकालीन प्रकृतिको ऋण दिन विकास बैङ्क खोलौँ भनेर ऐन ल्ययौं । बैङ्क खुले । कति रहे, कति रहेनन् । त्यो बेलाको उद्देश्य पनि यस्तो थियो । हामीले जब बैङ्क तथा वित्तीय संस्था ऐन बनायौँ । त्यसपछि क, ख, ग, घ गए ।  ख वर्गको कम्पनी विकास बैङ्कको रूपमा नाम मात्र बाँकी रहे । धेरै कुरा क वर्गका जस्तै रहे । चल्ती खातादेखि एटिएमसम्म सबै एकै किसिमको हुन गयो ।

यूनिभर्सल बैङ्किङको कन्सेप्टमा जाँदा त्यो एउटा समायोजनमा ती बैंहहरु गए । तर पनि त्यो बेला सोचेको विषय के हो भने दिर्घकालीन प्रकृतिको कर्जा प्रवाह गर्न विशिष्टिकृत संस्था चाहिन्छ भनेर आएका बैङ्कहरूमा केही बैङ्क मात्रै ग्रामीण क्षेत्रमा गए । त्यो भइरहँदा छुट्टै पूर्वाधार बैङ्क चाहिन्छ भने पनि कसले पैसा हाल्ने ? लगानी कसले गर्ने ? भन्दा वाणिज्य बैङ्कहरू यसको स्टक होल्डर भनेपछि तत्कालीन बैङ्क तथा वित्तीय संस्था हरूको बाजा बज्यो ।

एउटा बैङ्कमा लगानीकर्ता भएपछि अर्को बैङ्कमा १५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने भएपपछि बैङ्क आउन ढिला भएको हो । पछि बैङ्क तथा वित्तीय संस्था ऐन संशोधन भएपछि बैङ्कहरू पनि यसको सदस्य हुन पाउनु भएको छ । यसले गर्दा एकअर्कामा हामीले कहाँनिर परिपूरक भूमिका निर्वाह गर्न सक्छौँ भन्ने तपाइहरूले बुझ्नुहुन्छ । किनभने तपाइहरू बैंकर्स पनि हुनुहुन्छ । पूर्वाधार बैङ्कको सञ्चालक पनि हुनुहुन्छ । यसले मुलुकले सोचेको विकासको लक्ष्य पुरा गर्छ ।

पूर्वाधार बैङ्कले आफ्नो सुरुको पुँजीलाई तत्काल लगानीको लागि अघि बढाउने क्षमता देखाओस् । तपाइहरूले अहिले राष्ट्र बैङ्कबाट पाएको निर्देशन अनुसार काम गर्नु । १२ अर्ब पुँजी छ । छिटै आइपिओ जारी गरेर २० अर्ब पुँजी पर्याउनु भयो भने त १० अर्ब लगानी गर्न सक्नुहुन्छ । १० अर्ब पुँजी भयो भने त ५० मेगावाटभन्दा माथिको विद्युत् उत्पादनमा सहयोग पुग्छ ।

(पूर्वाधार विकास बैङ्कको कारोबार शुभारम्भको उद्घाटनका क्रममा अर्थमन्त्री खतिवडाले व्यक्त गरेको बिचार)


पुष्प दुलाल