आइपिओ जारी गरेको शिवम् सिमेन्टले ४ अर्ब ८४ करोड ऋण लिने
काठमाडौं । शिवम् सिमेन्टले ४ अर्ब रुपैयाँ ऋण लिने भएको छ । शिवम् सिमेन्टले दीर्घकालिन रुपमा फण्ड बेसको लागि २ अर्ब १२ करोड तथा अल्पकालिन रुपमा फण्ड बेसको लागि २ अर्ब १२ करोड र अल्पकालिन रुपमा नन फण्ड एलसीको लागि ६० करोड रुपैयाँ ऋण लिन लागेको हो ।
यसको लागि शिवम् सिमेन्टले क्रेडिट रेटिङ गराएको छ । ५० करोड भन्दा बढीको ऋण लिनको लागि अहिले रेटिङ गराउनुपर्ने व्यवस्था रहेको छ ।
रेटिङ ऐजेन्सी इक्रा नेपालले शिवम् सिमेन्टले लिन लागेको दीर्घकालिन खालको फण्ड बेसको २ अर्ब १२ करोड रुपैयाँ ऋणको लागि एल ए रेटिङ दिएको छ । अल्पकालिनको लागि एवन रेटिङ दिएको छ ।
वार्षिक १० लाख मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता भएको शिवम् सिमेन्टले गतवर्ष सर्वसाधारण तथा आयोजना प्रभावितलाई सेयर जारी गरेको थियो ।
प्रिमियममा आयोजना प्रभावितलाई प्रतिकित्ता २०० र सर्वसाधारणलाई ३०० दरको सेयर जारी गरेको थियो । गतवर्षको नाफाबाट शिवम् सिमेन्टले प्रति सेयर १५ रुपैयाँ नगद लाभांश दिएको छ ।