१ अर्ब ६७ करोडको सेयर कारोबार, ठूला लगानीकर्ताले सेयर बेचे
काठमाडौं । नयाँ वर्ष यता लागेयता सेयर बजारमा उछाल आएको छ । पछिल्लो दिनमा नेप्से सूचक सँगै कारोबार रकममा पनि उछाल देखिएको छ । यो साताको पहिलो दिन आइबार सेयर बजारमा दोहोरो अंकको बढोत्तरी हुनुका साथै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ ।
यो दिन नेप्से सूचक २२.३९ अंकले बढेर १३१४.५१ बिन्दुमा पुगेको छ । यो दिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स३.१८ अंकले बढेर २८२.८५ बिन्दुमा रोकिएको छ ।
यो दिन १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता सेयर १ अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८२० रुपैयाँको सेयर किनबेच भएको छ । केही समय अघि सम्म दैनिक ३०,३२ करोड रुपैयाँ मात्र सेयर कारोबार हुने गरेको बजारमा एकाएक एक अर्ब भन्दा बढी कारोबार हुन थालेपछि पछिल्लो समयमा सेयर बजारमा भित्रने पैसाको विषयमा निकै चर्चा हुने गरेको छ ।
कतिपयले बजारमा कालोधन भित्रीएको बताइरहेका छन् भने कतिपयले भारतीय मुद्रा नेपाली सेयर बजारमा भित्रीएको पनि चर्चा गर्न थालेका छन् ।
आइतबार ठूला भनिने केही लगानीकर्ताले सेयर बिक्री गरेको स्रोतले जानकारी दिएको छ । सेयर बजारमा लगानी रहेको तर,खुल्न नचाहने केही लगानीकर्ताहरुले सेयर बिक्री गरेको स्रोतको दाबी छ ।
आइतबार दश उप समूहको कारोबार हुँदा होटल ९०.४, डेभलपमेन्ट बैंक ६.१, जलविद्युत ६२.५८, निर्जीबन बीमा कम्पनी ४६२.७९, उतपादन तथा प्रशोधन ४६.३७, अन्य ५.६३, माइक्रोफाइनान्स ९१.०८ र जीवन बीमा समूहको ६२९.३८ अंकले बढेको छ सबै उपसमूहको कारोबारमा बढोत्तरी हुँदा बैंकिङ ९.०२ र वित्तमा भने ०.६८ अंकले गिरावट आएको छ ।
आइतबार कारोबार रकममा आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । यो दिन यो बैंकको २३ करोड १९ लाख ६० हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यस्तै देस्रो र तेस्रो स्थानमा क्रमशः छिमेकी लघुवित्त वित्तीय संस्था र प्राइम कमर्शियल बैंक रहेको छ।