होटल समूहमा यस्तो छ सेयर लगानीकर्ताको चाम



काठमाडौं । सेयर बजारमा देखिएको उछालले होटल समूहलाई खासै प्रभाव पार्न नसकेको देखिएको छ । नयाँ वर्ष लागेसँगै सेयर बजारमा केही सुधार देखिएको छ । तर होटल समूहको सेयरमा लगानीकर्ताको चाम न्यून देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा चार वटा होटल सूचिकृत भएपनि तीन वटाको मात्रै पूर्ण तथ्याङक देखिएको छ । चैत ११ देखि वैशाख १२ गतेसम्मको सेयर मूल्य हेर्दा दुई वटा होटलको सेयर मूल्यमा सामायन्य बढोत्तरी देखिएको छ भने तारागाँउ रिजेन्सीको सेयर मूल्य १.६८ प्रतिशतले घटेको छ ।

यो साताको अन्तिम दिन बिहीबार मात्रै पनि होटेल समूहको २१.५ अंकले बढेको छ । यो साताको यो एक महिनाको अवधिको बजारको उतार चढावलाई हेर्ने हो भने साताको अन्तिमको भन्दा पनि न्यून देखिएको छ ।


क्लिकमान्डु