कुन म्यूचुअल फण्डले सेयरमा कति लगानी बढाए ? (सूचिसहित)



काठमाडौं । सञ्चालनमा रहेका म्यूचुअल फण्डहरुमध्ये ८ वटाले चैत महिनाको मासिक रिपोर्ट सार्वजनिक गरेका छन् ।

फण्डहरुले सार्वजनिक गरेको अनुुसार यो महिना फण्डहरुको प्रतिइकाई खुद सम्पती मूल्यमा सामान्यतया सुधार देखिएको छ ।

सञ्चालनमा रहेका १३ वटा फण्डहरुमध्ये ८ वटाको रिपोर्ट आएको छ । जसमा खुद सम्पती मूल्यमा गिरावट आएको सिद्धार्थ इक्वीटी फण्ड (–०.०५) अंकले मात्र घटेको छ । बाँकी सबैको खुद सम्पती मूल्यमा सुधार नै देखिएको छ । जसले निरन्तर ओराले लागेको सेयर बजारमा केही न केही भरथेग गर्न खोजेको छ ।

सेयर बजारको विकासका लागि भन्दै फण्डको व्यवस्था गरिएको हो । तर फण्डहरुले बजारको विकासका लागि काम गर्नु भन्दा पनि मुद्दति निक्षेपमा पैसा राखेर ब्याज खान पल्केको भन्ने आरोप पनि लाग्ने गरेको छ ।

चैत महिनामा पनि केही फण्डहरुको सूतिकृत सेयरमा गर्ने लगानी घटेको छ । घट्नेमा लक्ष्मी इक्विटी फन्ड, सिद्धार्थ इक्वीटी ओरियन्टेड स्कीमको घटेको छ । अन्यको भने बढेको देखिएको छ ।

फण्डको अवधारणा धितोपत्र बजारको विकासका लागि गरिएको हो । लामो समयदेखि फण्डहरु धितोपत्र बजारमा लगानी गर्न भन्दा, बजारको विकास भन्दा नाफा मुखी बन्दै गएका थिए ।

चैत महिनामा भने फण्डहरुले मुद्दति निक्षेपमा पैसा राखेर ब्याज खाएर बस्ने र सुचिकृत सेयरमा लगानी गर्ने क्रम भने न्यून हुँदै गएको छ ।

फण्डहरुले सबै पैसा बजारमा लगानी गरेको खण्डमा बजारको विकास हुने र स्थापनाको उद्देश्य पुरा हुने लगानीकर्ताको विश्वास छ ।


क्लिकमान्डु