आरएमडिसी लघुवित्तको नाफा ३५.२९% बढ्दा प्रति सेयर आम्दानी कति ?



काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

संस्थाले जारी गरेको विवरण अनुसार तेस्रो त्रैमासको अवधिमा २४ करोड ४४ लाख ४८ हजार नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा १८ करोड ६ लाख ७७ हजार रुपैयाँ आम्दानी गरेको छ । गत आवको भन्दा यो आवको सोहि अवधिमा संस्थाको नाफा ३५.२९ प्रतिशतले बढेको छ ।

संस्थाको नाफा बढनुमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाले सहयोग गरेको देखिए छ । संस्थाको खुद ब्याज आम्दानी गत आवको भन्दा २०.२२ प्रतिशतले बढेर ३४ करोड ८९ लाख ४० हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा २९ करोढ २ लाख ४२ हजार रुपैयाँ पुगेको छ ।

यस्तै संस्थाको सञ्चालन मुनाफा गत आवको सोहि अवधिको भन्दा २२.१३ प्रतिशतले बढेर ३४ करोढ ६६ लाख ८९ हजार रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासमा २८ करोड ३८ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।

७९ करोड ९३ लाख ९८ हजार रुपैयाँ चुक्ता पुँजी भएको संस्थाको जगेडा कोषमा १ अर्ब ५२ करोड ८७ लाख ४ हजार रुपैयाँ रहेको छ । ६ अर्ब ४२ करोड १२ लाख ७ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ७६ करोड ९७ लाख १ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । कुनै पनि खराब कर्जा नभएको संस्थाको प्रति सेयर आम्दानी ४० रुपैयाँ ७७ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २९१ रुपैयाँ २३ पैसा रहेको छ ।


क्लिकमान्डु