बक्यौता बढेपछि कर कार्यालय एक्सनमा, समयमा दाखिला नभए सम्पत्ति जफत हुने



काठमाडौं । कर रकम बक्यौता बढेपछि पछिल्लो समय कर कार्यालय एक्सनमा उत्रेको छ ।

चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको राजस्व संकलन भएको छैन । नियमित रुपमा कर दाखिला नगरेका साना ठूला सबै करदाताले बक्यौता राखेका छन् ।
पछिल्लो समय हरेक दिनजसो कर कार्यालयहरुले कर बक्यौता रहेको तिर्न आउन भन्दै सूचना जारी गरेका छन् ।

शुक्रबार करदाता कार्यालय धनगढीले २१२ वटा कम्पनी तथा फर्मलाई कर तिर्न आउनको लागि सूचना जारी गरेको छ ।

धेरै करदाता कार्यालयले मुल्य अभिबृद्धि कर(भ्याट) नै दाखिला नगरेको देखिएको छ । कतिपयको अग्रिम कर दाखिला नभएको तथा आयकर समेत खादिला नभएको सूचनामा देखिन्छ ।

धनगढी कार्यालयले कर रकम बक्यौताको रकम खुलाएर नै सूचना जारी गरेको छ ।

यस्तै करदाता कार्यालय त्रिपुरेश्वरले ६१ जना करदातालाई कर तिर्नको लागि सार्वजनिक सूचना जारी गरेको छ । त्रिपुरेश्वर अन्तर्गत पनि धेरै करदाताले मूल्य अभिबृद्धि कर नतिरेको उल्लेख गरेको छ ।


क्लिकमान्डु