सेञ्चुरी बैंकको साधारणसभा सम्पन्न, २ प्रतिशत बोनस र ४.५ प्रतिशत नगद लाभांश पारित



सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको आठौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार सम्पन्न भएको साधारणसभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट राजेश कुमार श्रेष्ठ, सुनिल कुमार न्यौपाने र अभिषेक बज्राचार्यलाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

बैंकले सेयरधनीलाई शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पूंजीको २ प्रतिशत बोनस सेयर ४.५० प्रतिशत नगद लाभांश समेत पारित गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड भएको छ ।

बैंकको चालु आर्थिक वर्षको पुस मसान्तसम्मा ६४ अर्ब १२ करोड निक्षेप र ५९ अर्ब ६१ करोड रुपैयाँ कर्जा रहेको थियो ।


क्लिकमान्डु