सर्बोच्चको अन्तरिम आदेशः एनसेललाई तत्काल कर निर्धारण नगर्नु



काठमाडौं । एनसेलको स्वामित्व परिवर्तनमा एनसेललाई पुँजीगत लाभकर लगाउने फैसला गरेको सर्बोच्च अदालते एनसेललाई तत्काल कर निर्धारण नगर्न अन्तरिम आदेश दिएको छ ।

सर्बोच्चका न्यायधीश बमबहादुर श्रेष्ठको एकल इजलाशले अन्तरिम आदेश दिदै तत्काल कर तिनुनपर्ने जनाएको हो ।

सर्बोच्चले अल्पकालिन अन्तरिम आदेश दिदै दुवै पक्षलाई बैशाख २४ गते बोलाएको छ ।

सर्बोच्च अदालतले एनसेल खरिदबिक्रीमा एनसेलले नै पुँजीगत लाभकर तिनुपर्ने फैसला गरेको पूर्णपाठ सार्वजनिक गरेपछि ठूलाकरदाता कार्यालयले ३९ अर्ब रुपैयाँ कर तिर्नको लागि एनसेललाई पत्राचार गरेको थियो ।

ठूलाकरदाता कार्यालयको पत्र अनुसार आफ्नो कर दायित्व नभएको भन्दै एनसेल सर्बोच्च गएको थियो ।


क्लिकमान्डु