सिडिएसीको सुझावः एकपटकमा एउटा मात्र कम्पनीको आइपिओ ल्याउँ, धेरै आउँदा सिस्टममा समस्या



काठमाडौैं । अहिले सेयर लगानीकर्ताहरु एकै पटक धेरै कम्पनीकाे सेयरमा आवेदन दिनु पर्ने हुँदा कुन कम्पनीमा आवेदन दिने कुनमा नदिने भनेर निकै अन्ल्योलमा परेका छन् ।

एकै पटक नौ वटासम्म कम्पनीको साधारण सेयरदेखि हकप्रदसम्म आउँदा साना लगानीकर्ताहरुलाई आर्थिक भार निकै बढेको छ । एकै पटक धेरै कम्पनीको सेयरमा आवेदन दिनु पर्ने भएकाले न्यून आय भएका तर सेयरमा लगानी गर्न चाहने लगानीकर्ताहरुलाई समस्या हुने गरेको छ ।

अब केही समयमा भने लगानीकर्ताहरुले त्यो समस्या भोग्नु नपर्ने भएको छ । सिडिएससी एण्ड क्लियरिङ लिमिटेड अब एउटा कम्पनीको सेयर बिक्री खुला भएपछि त्यो नसकिएसम्म अर्को कम्पनीको सेयर खोल्न अनुमति दिने नीति बनाउने तयारीमा लागेको छ ।

सिडिएससी एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देव प्रकाश गुप्ताले एउटा कम्पनीको सेयर बिक्री बन्द भएपछि मात्र अर्को कम्पनीलाई सेयर बिक्री गर्न दिने व्यवस्था मिलाउन धितोपत्र बोर्डमा प्रस्ताव लैजाने तयारीमा रहेकाे बताए । यसको लागि सिडिएससीमा आवश्यक छलफल भइरहेको उनकाे भनाइ छ ।

छलफलपछि एक कम्पनीको सेयर बिक्री सकिएपछि मात्र अर्को कम्पनीले सेयर खुला गर्ने व्यवस्था मिलाउन आग्रह गर्न लागेको बताए । उनका अनुसार यसो गर्न सकियो भने लगानीकर्ताहरुमा कुन कम्पनीकाे सेयर भर्ने, कुनकाे नभर्ने भन्ने अन्योलता कम हुँदै जान्छ । थोरै पैसा भएकाले पनि सबै कम्पनीमा आवेदन दिन सक्नेछन् । गुप्ताका अनुसार यो व्यवस्था गरेको खण्डमा सिडिएससीको हार्डवेयरमा पनि भार कम पर्छ र लगानीकर्ताहरुले सहजै आवेदन दिन सक्नेछन् ।

यस्तै सिडिएससीले आफ्नो हार्डवेयरको क्षमता विस्तार र सफ्टवयर अपग्रेड गर्ने भएको छ । एकै पटक धेरै कम्पनीको सेयर आएको खण्डमा लगानीकर्ताहरुले सहजै आवेदन दिन सकुन भनेर हार्डवेयरको क्षमता थप्ने तयारी गरेको बताइएकाे छ । सिडिएसीका अनुसार एक महिना भित्रमा हार्डवेयरको क्षमता थपिसकिने छ । पछिल्लो साता मेरो सेयरमा देखिएको समस्याका कारण धेरै लगानीकर्ताहरुले समस्या भोग्नु परेकोे थियो ।

अहिले ९९ प्रतिशत लगानीकर्ताहरुले सेयर बजारमा आवेदन दिँदा अनलाईनबाट नै आवेदन दिने गरेकाेले पनि हार्डवेयरमा भार परेको बताइएको छ ।

सिडिएससीले हार्डवयर निर्माण गर्दा एक दुई कम्पनीको सेयर आउला, ती कम्पनीको सेयरमा विस्तारै लगानीकर्ताहरुले आवेदन देलान भनेर त्यही अनुसारको हाड्रवेयर बनाएपछि अहिले धेरै कम्पनीको सेयर एकै पटक आएको, लागनीकनर्ताहरुले अन्तिम अन्तिम समयमा मात्रे आवेदन दिने गरेको र यति बेला बजार बढेकोले सिडिएससीको हार्डवेयरले धान्न नसकेको बताइएको छ ।

सिडिएसीले पनि यति धेरै आवेदन दिनेको संख्या बढला भनेर नसोचेको एक अधिकारीको भनाई छ । अहिलेको हार्डवयरले प्रति मिनेट १५०० सम्मको आवेदन लिन सक्छ । त्यो भन्दा बढी भएमा सिस्टमले नै नलिने गरेको छ ।


क्लिकमान्डु