प्राइमसँग डिमर्ज गर्ने निर्णयमा पुगेको ओमले कमायो ३४ करोड



काठमाडौं । प्राइम बैंकसँग मर्जरको सम्झौता गरेर डिमर्ज गर्ने निर्णयमा पुगेको ओम डेभलपमेन्ट बैंकले ३४ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको छ ।

बैंकले प्रकाशित गरेको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले अघिल्लो वर्षको चैत मसान्तको तुलनामा ३० प्रतिशतले नाफा बढाउन सफल भएको हो । अ३िल्लो वर्ष चैत मसान्त २६ करोड ६२ लाख रुपैयाँ नाफा गरेको थियो ।

राष्ट्रिय स्तरको विकास बैंक ओम डेभलपमेन्ट बैंकको २ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ । चैत मसान्तसम्ममा बैंकले २४ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै कर्जा २२ अर्ब ४९ करोड गरेको छ ।

बैंकको इपिएस १८.४१ रुपैयाँ रहेको छ । कर्जा निक्षेप अनुपात ७८.९७ प्रतिशत रहेको छ । बेसरेट ११.१५ प्रतिशत रहेको छ ।


क्लिकमान्डु