गण्डकी विकास बैंकले ल्यायो ‘गण्डकी समृद्धि बचत खाता’ योजना



काठमाडौं । खोलौ बैंक खाता अभियान २०७६ लाई आत्मसाथ गर्दै गण्डकी विकास बैंकले आफ्ना ग्राहक बर्गमा “गण्डकी समृद्धि बचत खाता” सञ्चालनमा ल्याएको छ ।
यस खाता अन्तरगत खाता खोल्ना साथ बैंकले १०० रुपैयाँ जम्मा गरिदिने छ ।
“सबै नेपालीको समृद्धिको आशा खोलौ गण्डकीमा समृद्धि बचत खाता” भन्ने नाराका साथ शुरु गरेको यस खातामा निः शुल्क अन्तर शाखा कारोवार , ब्त्ः सुविधा, वार्षिक ७% व्याजदर, निःशुल्क शेयर आवेदन फारम भर्न सकिने साथै अन्य थुप्रै सुविधाहरु सहितको विशेषता रहेको छ ।
बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत बैकिङ सेवा दिदै आएको छ ।

बैंकले आगामी दिनहरुमा समेत शाखा सञ्जाल बिस्तार गदैं ग्रामीण स्तरका जनताहरुलाई थप सेवा प्रदान गर्ने योजना बनाएको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी गराए ।


क्लिकमान्डु