महालक्ष्मी विकास बैंक र नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच जेएनबिआई कोर्ष सम्बन्धी सम्झौता



काठमाडौं । महालक्ष्मी विकास बैंक नेशनल बैंकिङ्ग ईन्स्टिच्यूटबीच एक जेएनबिआई कोर्ष संचालन गर्नको लागि सम्झौता भएको छ ।

उक्त सम्झौतामा महालक्ष्मी विकास बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र एनबिआईको तर्फबाट प्रमुख कार्यकारी अधिकारी संजिब सुब्बाले हस्ताक्षर गरे ।

समझदारीपत्रमा उल्लेख भए बमोजिम महालक्ष्मी विकास बैंकका १०० भन्दा बढी कर्मचारीलाई नेशनल बैंकिङ्ग इन्स्टिच्यूटले प्रदानगर्दै आईरहेको बिशिष्टिकृत बैंकिङ्ग प्रमाणीकरण जेएनबिआई कोर्ष प्रदान गर्ने सहमति भएको छ ।

बैंकका प्रमुखकार्यकारी अधिकृत कृष्णराज लामिछानेले कोर्षमा आवद्ध हुनेआफ्ना कर्मचारीहरुले यस कोर्ष उत्तिर्ण गरेर प्रमाणपत्र दिने जानकारी दिए ।


क्लिकमान्डु