नेप्से परिसूचक १९.१४ अंकले बढ्यो, ९५ करोड रुपैयाँको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १९.१४ अंकले बढेको छ ।
बुधबारको कारोबारबाट नेप्से परिसूचक १२७९.२९ बिन्दुमा पुगेको छ ।

बुधबार नेप्सेमा ९५ करोड रुपैयाँको कारोबार भएको छ । जलविद्युत् र उत्पादन बाहेकका सबै समुहका परिसूचक उकालो लागेका छन् ।

कारोबार रकमको आधारमा सबैभन्दा बढी कारोबार नेपाल बैंकको ९ करोडको भएको छ भने ग्लोबल आइएमई बैंकको ७ करोड रुपैयाँको कारोबार भएको छ ।


क्लिकमान्डु