लुम्बिनी बैंकको नाफा ८६.२६ प्रतिशतले बढ्यो



काठमाडौं । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले जारी गरेको वित्तीय विवरण अनुसार यो अवधिमा ३४ करोड ३४ लाख ९१ हजार रुपैयाँ मुनाफा कमाएको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ८६.२६ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा बैंकले १८ करोड ४४ लाख ११ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै बैंकले चालुे आवको तेस्रो त्रैमासमा आईपुग्दा ७३ करोड २४ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दनी गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ३७.०१ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासमा ५३ करोड ४५ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै बैंकले यो अवधिमा ४९ करोड २१ लाख २६ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि आवधिको तुलनामा १६८.१९ प्रतिशतले बढी हो । गत आवको तेस्रो त्रैमासमा १८ करोड ३४ लाख ९३ हजार रुपैयाँबाट सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

२ अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ४६ करोड ५४ लाख ७७ हजार रुपैयाँ रहेको छ । २४ अर्ब ३५ करोड ४५ लाख ९५ हजार रुपैयाँ निक्षेप संकलन गरेर बैंकले २२ अर्ब ३६ करोड २७ लाख ९८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा अगत आवको तेस्रो त्रैमासको तुलनामा चालु आवको सोहि अवधिमा घटेर २.१३ प्रतिशत पुगेको छ । गत आवको सोहि अवधिमा २.५९ प्रतिशत रहेको थियो ।


क्लिकमान्डु