ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाको ५० % हकप्रद आउँदै
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
वित्तीय संस्थाले प्रति कित्ता एक सय रुपैयाँका दरले १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता सेयर जारी गर्न लागेको हो । संस्थाले लगानीकर्ताहरुलाई ५० प्रतिशत हकप्रद सेयर बिक्रस् गर्न लागेको हो ।
चैत २८ गतेसम्म उक्त संस्थाको सेयरधनी भएका लगानीकर्ताहरुले आवेदन दिन पाउने छन् । संस्थाको हकप्रदमा वैशाख २७ गतेदेखि जेठ ३० गतेसम्म आवेदन दिन सकिने छ ।
हाल ६५ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी भएको ग्रामीणको हकप्रद सेयर बिक्रीपछि चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्ने छ । ग्रामीणको बिक्री प्रबन्धक एनआईबिएल क्यापिटल रहेको छ । हकप्रदमा आवेदन दिनका लागि