लक्ष्मी बैंकको १०% डिबेञ्चरको निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्ट



काठमाडौं । लक्ष्मी बैंकले निकट भविष्यमा जारी गर्न लागेको १०% लक्ष्मी बैंक डिबेञ्चरको निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ ।

आज एक कार्यक्रममा दुवै कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा लक्ष्मी बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन । सो ऋणपत्रको डिबेञ्चर ट्रष्टीका रुपमा समेत नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरिएको छ ।

लक्ष्मी बैंकले १० वर्षका लागि १० प्रतिशत कुपन दर रहेको कूल २ अर्बको ऋणपत्र निश्काशन गर्न लागेको हो । बैंकको हाल कायम रहेको रु ४० करोडको ऋणपत्र २०७६ माघमा परिपक्व हुँदैछ ।


क्लिकमान्डु