थामिएन सेयर बजारको बढोत्तरी, १ अर्ब बढीको कारोबार



काठमाडौं । सेयर बजारमा देखिएको बढोत्तरी सोमबार आएर रोकिएको छ । यो वर्षको पहिलो कारोबारदेखि नै बढेको सेयर बजार सोमबार ७.२६ अंकले घटेर १२५६.९४ बिन्दुमा रोकिएको छ ।

यो दिन १६८ कम्पनीको ३२ लाख २२ हजार २५६ कित्ता सेयर १ अर्ब ३ करोड ७६ लाख ४३ हजार २९१ रुपैयाँमा किनबेच भएको छ । ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.०४ अंकले घटेर २७१.३७ बिन्दुमा रोकिएको छ ।

११ वटा उपसमूहको कारोबारमा व्यापार २.७, निर्जीबन बीमा कम्पनी ६४.८५, उत्पादन तथा प्रशोधन २३.९८ र जीवन बीमा कम्पनी १५४.२९ अंकले बढेको छ ।
कारोबार रकमको हिसाबमा नेपाल बैंकको अग्रता रहेको छ । नेपाल बैंकको ९ करोड ३६ लाख ३४ हजार ७६२ रुपैैयाँको सेयर कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः सिभिल र प्रभु बैंक रहेका छन् ।

सोमबारको कारोबारमा एभरेष्ट इन्स्योरेन्स, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, यूनिलिभर नेपालका लगानीकर्ताले कमाएका छन भने माउन्टेन हाईड्रो नेपाल, नेपाल एसबीआई बैंक,नेशनल हाईड्रोपावर, हिमालयन बैंकका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु