गणपति माइक्रोफाइनान्सको आइपिओ खुल्यो, १० कित्ता पनि आवेदन गर्न पाइने



काठमाडौं । प्राथमिक सेयर खरीद गर्न चाहनेका लागि दैनिक नै नयाँ नयाँ अवसर आइरहेका छन् । प्राथमिक सेयर बजारमा रसुवागढी, साञ्जेन जलविद्युत् कम्पनीको सेयर बिक्री भइरहेको छ ।

यस्तै आइतबारदेखि नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको साधारण सेयर बिक्री सुरु भएको छ । तर नेपाल एग्रोको सेयर एकाध घण्टामा माग भन्दा बढीको आवेदन परेको थियो ।सोही क्रममा आजदेखि गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण सेयर बिक्री सुरु भएको छ ।

सो संस्थाले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता साधारण सेयर बिक्री सुरु गरेको हो । ती मध्ये ५ हजार १७५ कित्ता संस्थाका कर्मचारी र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको निष्कासन तथा बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।

साधारण सेयरको बिक्री बन्द छिटोमा यही वैशाख २ र ढिलोमा जेठ ७ गतेसम्म तोकिएको छ । न्युनतम १० देखि अधिकतम १ हजार ५०० कित्तासम्म साधारण सेयरमा आवेदन गर्न पाइने छ । सेयर बिक्रीपछि संस्थाको चुत्तापुँजी १० करोड ३५ लाख रुपैयाँ पुग्ने बताइएको छ ।


क्लिकमान्डु