मेरो सेयरको अनलाइनमा समस्या, ट्राफिक बढेपछि लगानीकर्तालाई हैरान



काठमाडौं । तपाई मेरो सेयर माफर्त अनलाइनबाटै सेयर आवेदन गर्दा कम्प्युटरको स्क्रिनमा ‘५०२ ब्याड गेट वे’ देखेर हैरान हुनुभएको छ । यदि छ भने अबको केही घन्टामा यो समस्यमा बाट तपाई मुक्त हुनुहुँदैछ ।

सिडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मेरो सेयरबाट आवेदन दिनेको संख्या एकै पटक बढेकाले यस्तो समस्या देखिएको हो । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेका अनुसार अहिले लगानीकर्ताहरुले नौ वटा कम्पनीको सेयरमा आवेदन दिइरहेक छन् ।

एकै पटक धेरैले आवेदन दिँदा सिस्टममा लोड बढी भएर यस्तो भएको हो । उनका अनुसार अहिले पनि प्रति मिनेट ३५० जनाले सेयरमा आवेदन दिइरहेका छन् । न्यौपानेका अनुसार सिडिएससीले सिस्टमको रिसोर्स मिलाएर अबको केही घन्टामा यो समस्याबाट सबैलाई मुक्त बनाउने छ ।


क्लिकमान्डु