ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको नाफा २५५.७३ प्रतिशतले बढ्यो



काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक् वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

वित्तीय संस्थाले चालु आवको तेस्रो त्रैमासमा आईपुग्दा गत आवको भन्दा २५५.७३ प्रतिशतले बढाएर ४ करोड ८ लाख २४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा १ करोड १४ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा ग्लोबललाई नाफा बढाउन खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाले सहयोग गरेको छ ।

चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा ग्लोबलले खुद ब्याज आम्दानी ९ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १३९.१६ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा ३ करोड ९७ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै ग्लोबलको सञ्चालन मुनाफा पनि गत आवको तेस्रो त्रैमासको तुलनामा २३६.१४ प्रतिशतले बढेर ६ करोड २ लाख २४ हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा १ करोड ८० लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

११ करोड ४ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको वित्तीय संस्थाको जगेडा कोषमा ५ करोड ५९ लाख ८० हजार रुपैयाँ रहेको छ । २ अर्ब २६ करोड ९७ लाख ७४ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले २ अर्ब ८३ करोड ८२ लाख ९९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

चालु आवको तेस्रो त्रैमासमा आईपुग्दा संस्थाको खराब कर्जा घटेर ०.४७ प्रतिशतमा झरेको छ । गत आवको सोहि अवधिमा १.२६ प्रतिशत रहेको थियो । प्रति सेयर आम्दानी ४९ रुपैयाँ २८ पैसा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ११ पैसा रहेको छ ।


क्लिकमान्डु