एभरेष्टको चैत सम्मको नाफा २ अर्ब २१ करोड



काठमाडौं । एभरेष्ट बैंकले चैत मसान्तसम्ममो २ अर्ब २१ करोड रुपैयाँ नाफा गरेको छ ।

बैंकले चैत मसान्तसम्मको विवरण सार्वजनिक गर्दै २ अर्ब २१ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ८७ करोड रुपैयाँ थियो ।

बैंकले प्रकाशित गरेको विवरणमा २ अर्ब २१ करोड नाफा गरेपनि अन्य आय घटाउदा २ अर्ब १ करोड रुपैयाँ नाफा गरेको देखिन्छ । अघिल्लो वर्ष बैंकको यस्तो नाफा १ अर्ब ७३ करोड रुपैयाँ थियो ।

बैंकले बाड्न मिल्ने नाफा १ अर्ब ३५ करोड रुपैयाँ गरेको जनाएको छ ।

बैंकले प्रति सेयर आम्दानी(इपिएस)मा समेत बृद्धि गरेको छ । बैंकको इपिएस ३६.८१ रुपैयाँ छ । अघिल्लो वर्ष ३१.६९ रुपैयाँ थियो ।

चैत मसान्तसम्ममा एभरेष्ट बैंकले १ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो वर्ष बैंकको चैत मसान्तसम्ममा निक्षेप १ खर्ब ६ अर्ब थियो । यस्तै बैंकको कर्जा १ खर्ब २ अर्ब रहेको छ । अघिल्लो वर्ष कर्जा ८५ अर्ब रहेको थियो ।
प्रकाशित विवरण अनुसार बैंकको बेसरेट अघिल्लो वर्षको तुलनामा घटेको छ । चैत मसान्तमा ८.०१ प्रतिशत बेसरेट रहेको छ । अघिल्लो वर्ष बेसरेट ८.१८ प्रतिशत थियो ।

बैंकको कर्जा निक्षेप अनुपात(सिसिडी रेसियो) भने बढेको छ । अघिल्लो वर्षको चैत मसान्तमा ७५.६५ प्रतिशत रहेको बैंकको सिसिडी अहिले ७६.६९ प्रतिशत रहेको छ ।

बैंकले स्प्रेडदर ४.६९ प्रतिशतमा काम गरेको छ । अघिल्लो वर्ष ४.७५ प्रतिशतमा काम गरेको थियो । बैंकको आरओईमा समेत बृद्धि भएको छ । अघिल्लो वर्ष १९.९१ प्रतिशत रहेको आरओई यो पटक २१.३० प्रतिशत पुगेको छ ।


क्लिकमान्डु