यी तीन वाणिज्य बैंकको सेयर पाइन्छ दोस्रो बजारमा यति सस्तो



काठमाडौं । नयाँ वर्ष लागेसँगै सेयर बजारमा उल्लेख्य सुधार देखि जाँदा अझै केही वाणिज्य बैंकप्रति लगानीकर्ताहरु निरास देखिएका छन् ।

यो साताको पहिलो दिन आइतबार सेयर बजार ३१।८९ अंंकले बढेको छ । यो दिन बैंकिङ समूह ४५।९४ अंकले बढेको छ । यसरी बैंकिङ समूहका सुधार देखिँदा पनि केही वाणिज्य बैंकको सेयरमा सुधार देखिएको छैन । नेप्सेका अनुसार सिभिल बैंक, जनता बैंक र मेगा बैंकको सेयरमा सुधार आउन सकेको छैन ।

लगानीकर्ताहरुले एक सय रुपैयाँमा साधारण सेयरमा आवेदन दिन सक्नेछन् । यतिबेला यी तीन वटा बैंकको सेयर दुई सय रुपैयाँ भन्दा कम मूल्यमा दोस्रो बजारमा पाउन सकिन्छ । तीनमा सबै भन्दा कम सिभिल बैंकको सेयर मूल्य रहेको छ ।

सिभिल बैंकको सेयर मूल्य प्रति कित्ता १६९ रुपैयाँ रहेको छ । यस्तै मेगा बैंकको प्रति कित्ता १७७ रुपैयाँ रहेको छ भने जनता बैंकको प्रति कित्ता सेयर १८८ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु