सेयर बजारमा देखियो उछाल, एक अर्ब दुई करोडको कारोबार
काठमाडौं । नयाँ वर्ष लागेपछि सेयर बजारमा देखिएको सुधारले यो साताको पहिलो दिन पनि निरन्तरता पाएको छ ।
आइतबार सेयर बजारमा निकै सुधार देखिएको छ । यो दिन नेप्से मापन गर्ने सूचक ३१.८९ बिन्दुले बढेर १२६४.२० अंकमा रोकिएको छ । यो दिन ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ७.८४ अंकले बढेको छ ।
१७१ कम्पनीको ३३ लाख २७ हजार ४८० कित्ता सेयर १ अर्ब २ करोड ४ लाख ३३ हजार ४३९ रुपैयाँमा किनबेच भएको छ ।
कारोबारको सुरुदेखि नै उकालो लागेको बजारमा अन्तिमसम्म पनि उकालो लाग्ने क्रम रोकिएन । यो दिन बैंकिङ ४५.९४, होटल ३४.८, डेभलपमेन्ट बैंक १६.९७, जलविद्युत ८.८७,, वित्त २.१३, अन्य ९.७, माइक्रोफाइनान्स २६.९१ र जिवन बीमा उप समूहको २२.२५ अंकले बढ्दा निर्जीबन बीमा कम्पनी ७.२२, उत्पादन तथा प्रशोधन ११.९२ अंकले घटेको छ ।
कारोबार रकमको हिसाबमा यो दिन नेपाल बैंक अग्रस्थानमा रहेको छ । यो दिन नेपाल बैंंकको १४ करोड ८० लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआईसी एसिया बैंक र एनसीसी बैंक रहेका छन् ।