सिटिजन्स बैंकको चैतसम्म १ अर्ब ६ करोड नाफा, बाड्न मिल्ने ६६ करोड



काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको विवरण सार्वजनिक गरेको छ ।

सिटिजन्स बैंकले तेस्रो त्रैमासिक अवधीको वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब ६ करोड नाफा गर्दै ६६ करोड रुपैयाँ बाड्न मिल्ने नाफा आर्जन भएको जनाएको छ ।

बैंकको नाफा अघिल्लो वर्षको सोही अवधीको तुलनामा ५.४९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको चैत मसान्तमा बैंकले १ अर्ब ९८ लाख रुपैयाँ नाफा गरेको थियो ।

चैत मसान्तसम्ममा बैंकमा ६५ अर्ब ९२ करोड रुपैयाँ निक्षेप रहेको छ । यस्तै बैंकले ६१ अर्ब २ करोड रुपैयाँ कर्जा दिएको छ ।
बैंकको सिसिडी ७८.४१ प्रतिशत रहेको छ । बेसरेट १०.५८ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधीमा बेसरेट ११.१५ प्रतिशत थियो । बैंकले ३.४७ प्रतिशत स्प्रेडमा काम गरेको छ ।

बैंकको प्रति सेयर आम्दानी १७.५ रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।


क्लिकमान्डु