हवाइ जहाजमा घर ! (फोटोफिचर)



काठमाडौ । जङ्गलको बीचमा हवाइजहाज देख्यौ भने तपाईंहामी सोच्छौ कि दुर्घटना भएछ । तर, हामी तपाईहरुलाई जङ्गलको बीचमा भएको जहाजको एउटा रमाइलो कथा प्रस्तुत गर्दैछौं ।

हामीले प्रस्तुत गरेको जङ्गलको बीचको जहाज दुर्घटना परेर त्यहाँ अलपत्र परेको भने होइन ।

विश्वमा विभिन्न अनौठा सौख भएका मानिसले भरिएको छ । ६४ वर्षिय ब्रुस क्याम्पबेल पनि यस्तै अनौठो सौख भएका एक व्यक्ति हुन् । उनको सौख सुन्दा अचम्म लाग्छ । उनले पुरानो हवाइजहालाई घरको रुपमा प्रयोग गर्दै आएका छन् ।

ब्रुस अवकाश प्राप्त इन्जिनियर हुन् । उनी २० वर्षको हुँदा उनले हिल्सबोरो जङगलमा ४ हेक्टर जग्गा किनेका थिए । त्यो जग्गामा उनको कागो भ्यान प्रयोग गरी घर बनाने योजना थियो । उनको त्यो इनोभेटिभ आइडिया त्यतिबेला फेल खायो जब उनले यस्तो घर अर्कैले बनाएको खबर सुने ।

सन् १९९ मा क्याप्मबेलले ओलम्पिक एयरवेज बोइङ किन्ने निर्णय गरे । उनले धेरै वर्षको अथक प्रयासपछि त्यसलाई आकर्षक घरको रुपमा परिणत गरे ।

अहिले उनले तयार गरेको बोइङ ७२७ घरमा जाँदा फोल्डिङ भर्याङबाट चढनुपर्छ ।

उनले हवाइजहाज घरभित्र भान्सा कोठा, बैठक कोठा, कम्प्युटर कोठा,वाथरुम सबै तयार गरेका छन । उक्त घरको फोटोहरुले नै एकपटक त्यहाँ गएर बस्नुपाए हुन्थ्यो भन्ने अनुभुत गराँउछ ।

तस्विरमा हेर्नुहोस क्याप्मबेलले तयार पारेको वोइङ हवाइजहाज घर:


पुष्प दुलाल