नयाँ वर्षसँगै सेयर बजारमा हरियाली बढ्दो



काठमाडौं । सेयर कारोबारमा साताको अन्तिम दिन सेयर कारोबारमा उछाल आएको छ ।

नयाँ वर्ष लागेसँगै सेयर बजारमा देखिएको सुधार हायम नै रह्यो । नयाँ साताको अन्तिम दिन बिहीबार नेप्से मापन गर्ने सूचक १५.२२ अंकले बढेर १२३२.२६ बिन्दुमा पुगेको छ । यो दिन ठूला कम्पनिको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.९९ अंकले बढेर २६५.५६ बिन्दुमा रोकिएको छ ।

यो दिन १६५ कम्पनीको २४ लाख ६४ हजार १६५ कित्ता सेयर ७५ करोड १२ लाख ११ हजार ७६४ रुपैयाँमा किनबेच भएको छ । यो दिनको कारोबारमा बैंकिङ उप समूह २५.३५, होटल १३.३६,उत्पादन तथा प्रशोधन १०.५७, मायक्रोफाइनान्स १२ अंकले बढेको छ भने जलविद्युत, वित्त, निर्जीबन बीमा कम्पनी, जीवन बीमा कम्पनीको कारोबारमा गिरावट आएको छ ।

यो दिन कारोबार रकमको आधारमा कुमारी बैंक अग्रस्थानमा रहेको छ । कुमारीको ८ करोड ५८ लाख २ हजार ५३० रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै प्रभु बैंक, नेपाल बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

कारोबारमा नेपाल एसबीआई बैंक, नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक, लक्ष्मी बैंक, नबिल बैंकका लगानीकर्ताले कमाएका छन् भने माउन्टेन हाईड्रो, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले गुमाएका छन् ।


क्लिकमान्डु