३००% हकप्रद जारी गर्न एभरेष्ट इन्स्योरेन्सले पायो बोर्डबाट अनुमति
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले धितोपत्र बोर्डबाट ३०० प्रतिशत हकप्रद सेयरलाई बिक्री गर्नका लागि अनुमति पाएको छ । इन्स्योरेन्सलले १ः०५ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको छ ।
उक्त हकप्रद जारी गरेपछि इन्स्योरेन्सको चुक्ता पूँजी बीमा समितिले तोके अनुसार पुग्ने छ । हाल २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैंया चुक्ता पूँजी रहेको इन्स्योरेन्सले ८२ करोड १९ लाख ४७ हजार ५०० रुपैंयाको हकप्रद निष्काशन गर्न लागेको हो ।
यो सँगै इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैंया पुग्नेछ । बीमा समितिले जीवन बीमा कम्पनीलाई दुई अर्ब र निर्जीबन बीमा कम्पनीलाई १ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको छ । इन्स्योरेन्सको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले रहेको छ ।