माछापुच्छ्रे बैंकको ‘एक व्यक्ति एक खाता योजना’
माछापुच्छ्रे बैंकको ‘एक व्यक्ति एक खाता योजना’ बैंकले नेपाल सरकारको ‘खोलौ बैंक खाताअभियान, २०७६’ अन्तर्गत ‘एक व्यक्ति एक खाता योजना’ल्याएको छ ।
कुनै पनि बैंक वावित्तीय संस्थामाखातानभएकाव्यक्तिको हकमाउक्त योजना बैंकले सुचारु गरेको जनाएको छ । उक्तखाताखोले बापत बैंक स्वयंले १०० खातामाजम्मासमेत गरिदिने जानकारी दिएको छ ।
५% आकर्षक वार्षिक ब्याजदर प्रदानगरिने भनिएको यस खाताखोल्न निकै सहज छ । नेपाल सरकारले जारी गरेको कुनै पनि फोटो सहितको परिचयपत्र देखाएर उक्त खाताखोल्न सकिने बैंकले जनाएको छ । बैंकको देशभर रहेका जुनसुकै शाखा वा ग्राहक सेवा केन्द्र माफर्त उक्त खाताखोल्न सकिने व्यस्था रहेको बैंकले जानकारी दिएको छ ।
बैकले पुर्वमा झापा देखि पश्चिममाकन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमाआफ्ना ९९ वटा शाखाहरु र ८३शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १८२ स्थानवाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १२१ वटा एटीएमहरु संचालनमा रहेको छ ।