जनता बैंकको शाखा कैलालीको बलियामा
काठमाडौं । जनता बैंकले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका–४ बलियामा नयाँ शाखा सुरु गरेको छ । सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहोराले बलिया शाखाको उद्घाटन गरेका छन् ।
कार्यक्रममा मन्त्री बोहोराले जनता बैंकको स्थापनाले यस क्षेत्रका जनताको जीवनस्तर उठाउन महत्वपूर्ण भुमिका हुने बताए । उक्त स्थानमा शाखासहित एटिएम समेत उद्घाटन गरेको छ ।
शाखा उद्घाटनको अवसरमा सोही स्थानमा बैंकको आयोजना र धनगढी नेत्रालय आँखा अस्पतालको प्राविधिक सहकार्यमा निःशुल्क आँखा शिविर पनि आयोजना गरिएको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको शिविरमा निःशुल्क औषधी र चस्मा वितरण गरिएको बैंकले जनाएको छ ।
शिविरमा एक हजार भन्दा बढीको आँखा परीक्षण गरिएको र शिविरमा छानिएका मोतिबिन्दु सम्बन्धी बिरामीको धनगढी नेत्रालयमा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने बताइएको छ ।
बैंकको बलिया शाखासँगै मुलुकको सबै प्रदेशमा गरी शाखा संख्या १२९ पुगेको छ भने सुदुरपश्चिम प्रदेशमा शाखा संख्या नौ पुगेको छ । साथै यसै प्रदेशको धनगढी उपमहानगरपालिका–१ सेतोपुलमा नयाँ शाखा खुल्ने क्रममा रहेको बैंकले जनाएको छ ।
बैंकले उक्त शाखाहरुसहित ९६ एटिएम, ५० शाखा रहित बैंकिङ्क, ३ एक्स्टेनसन काउन्टर र १ सिमित्त बैंकिङ्कबाट करिब ६ लाख ग्राहकहरुलाई सहज र सरल बैंकिङ्क सेवा पु¥याइरहेको बैंकले जनाएको छ ।