बैंकमा खाता नभएकाले सरलीकृत रुपमा यसरी सक्छन सहजै खाता खोल्न



काठमाडौं । सबै नेपालीको बैंक खाता खोल्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले सरलीकृत रुपमा बैंक खाता खोल्ने व्यवस्था गरेको सुरु गरेको छ । यो व्यवस्था अनुसार खाता खोल्दा ग्राहकको अन्य बैंक खाता नभएको स्वघोषणा दिनुपर्ने छ ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका २०७५ मा नयाँ व्यवस्था अनुसार खाता खोल्दा नगरिकताको प्रमाणपत्र वा राहदानी वा फोटोसहितको मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्रको आधारमा खोल्न सकिने छ ।

यस अभियान अन्र्तगत खोलिएका बैंक खातामा वार्षिक एक लाख रुपैयाँ सम्मको मात्र कारोबार गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । एक लाख रुपैयाँभन्दा बढी रकमको कारोबार भएको अवस्थामा भने सरलीकृत प्रणाली लागू नहुने राष्ट्र बैंकले जनाएको छ ।

वार्षिक एक लाखभन्दा बढीको कारोबार भएको खण्डमा सामान्य अवस्थाको सरह ग्राहक पहिचान तथा अन्य प्रकृया पूरा गर्नुपर्ने छ । यस व्यवस्थामा खोलिएका खातामा बैंक तथा वित्तीय संस्थाले आफ्नो तर्फबाट प्रति खाता एक सय रुपैयाँ जम्मा गर्न सक्नेछन् ।


क्लिकमान्डु