ज्योतिष बद्रिको भविष्यवाणीः ०७६ मा शेयर १८ सय विन्दुमाथि पुग्छ, अरु के-के हुन्छ? (भिडियो)



काठमाडौ । नयाँ वर्ष २०७६ सालको आर्थिक भविष्यवाणी गर्दै ज्योतिष बद्रि पुडासैनीले पुँजीबजार १८ सय अङकमाथि पुगि अहिलेसम्मको रेकर्ड तोडने बताएका छन ।

समग्र अर्थतन्त्रमा केहि उतारचढाब देखिने भए पनि शेयर बजारमा भने निकै राम्रो योग रहेको उनले बताए । पुँजी बजार लगानीकर्ताका लागि नयाँ वर्ष निकै राम्रो भए पनि पुँजीबजार नियामकहरु भने समयमा निर्णय गर्न नसक्ने र केहि कमजोर रहने योग रहेको उनको भनाइ छ ।

शेयरबजारमा अन्तर्गत विमा र माइक्रोफाइनान्स सबैभन्दा राम्रो रहने क्षेत्र देखिएको उनले जानकारी दिए । कुण्डली अनुसार जलविद्ययुत क्षेत्र निकै राम्रो रहेको, जलविद्ययुत क्षेत्रमा निकै प्रगती हुने भए पनि लगानीकर्ताको यस क्षेत्रको लगानी भने डुब्ने उनको भविष्यबाणी रहेको छ ।

जलविद्युतमा लगानी गरेका प्रधानमन्त्री के.पी शर्मा ओली लगायत सबै जलविद्ययुत क्षेत्रका लगानीकर्ताका लागि २०७६ साल सुखद नरहेको उनले बताए ।

ेशेयरबजार कुण्डली अनुसार कार्तिक महिना निकै राम्रो रहेको र त्यही महिनामा शेयर बजारले उचाइ चुम्ने र लगानीकर्ताले कमाउने योग रहेको छ ।

कुन राशिका लागि कुन क्षेत्र राम्रो रहेको छ र के गर्दा पुँजीबजारबाट निकै राम्रो लाभ लिन सक्छन भन्नेबारे पनि उनले विस्तृतमा बताएका छन ।

विस्तृत जानकारीका लागि भिडियो हेर्नुहोस ।


क्लिकमान्डु