आइएमई जनरलले ल्यायो ८६० रुपैयाँ तिरेपछि विद्यार्थी र अभिभावकको बीमा हुने योजना



sdr

काठमाडौं । आइएमइ जनरल इन्स्योरेन्सले वार्षिक ८६० रुपैयाँ तिरेपछि गर्न सकिने आइजीआई विद्यार्थी बीमालेख योजना सार्वजनिक गरेको छ ।

कम्पनीले कक्षा १ देखि १२ सम्म पढ्ने विद्याथीको लागि ल्याएको बीमालेख नेपालमा पहिलो पटक ल्याएको दाबी गरेको छ ।

बीमालेख सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले विद्यार्थी बीमालेख नौलो प्रकारको भएको बताए ।

कम्पनीका अनुसार वार्षिक ८६० रुपैयाँ बीमाशुल्क बुझाएपछि विद्यार्थी दुर्घटनाको कारणले बिरामी भएमा २५ हजार रुपैयाँसम्मको औषधोपचार खर्च र तथा अस्पताल भर्नामा भएमा ५० हजारसम्मको शुल्क तथा अस्पतालको शैया प्रतिदिन २ हजार हजारसम्मको कभर हुने छ ।

यस्तै विद्यार्थी अस्थाई रुपले अशक्त भएमा दुई महिनाको लागि १० हजारसम्म विद्यालयको मासिक फि भुक्तानी गरिने र अंगभंग भएमा १ लाख आमाबाबुको हकमा एकजनालाई २ लाख ५० हजारसम्म जोखिम बहन गरिने छ ।

बीमा गरेको अवधीमा आमाबाबुको दुर्घटनाको कारण मृत्यु भएमा ५ लाख र विद्यार्थीको मृत्यु भएमा १ लाखसम्मको जोखिम बहन हुने छ । यस्तै विद्यार्थी पूर्ण रुपमा अशक्त भएमा ३ लाख र आमाबाबु भएमा ५ लाख रुपैयाँ बीमांक रकम दिइने कम्पनीले जनाएको छ ।

यसले विद्यार्थीको सुरक्षा प्रदान गर्ने र अभिभावकलाई आर्थिक भार कम पर्ने विश्वास कम्पनीले लिएको छ ।


क्लिकमान्डु