सिटिजन्स बैंकद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले करिव २६ वर्ष देखि बाल अधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरुको विकाश गर्ने उदेश्यका साथ स्थापित बाल विकास समाजलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकद्वारा सो संस्थालाई चेक हस्तान्तरण गरिएको हो । उक्त रकमबाट १५ जना गरीब तथा जेहन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बैंकले जानकारी दिएको छ ।
यस बैंकले हाल देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।