फ्रान्सेली लगानीकर्तालाई अर्थमन्त्रीले भने- ढुक्क भएर नेपालमा लगानी गर्नुस्, सरकारले सबै सहयोग गर्छ
काठमाडौं । अर्थमन्त्री डा. यूवराज खतिवडाले नेपाल बाह्य लगानी आकर्षण गर्नमा सबै हिसावले तयारी अवस्थामा रहेको र नेपालमा लगानीको पूर्णवातावरण भएकाले निर्धक्क भएर लगानी गर्न फ्रान्सेली कम्पनीहरूलाई आग्रह गरेका छन् ।
नेपाली र फ्रेन्च उद्यमी व्यवसायीहरू बीच नेपालमा संयुक्त सहकार्यका सम्भाव्यता खोजी गर्ने सम्बन्धमा मंगलबार महासंघ सचिवालयमा भएको छलफलमा सप्रमुख अथितिका रुपमा सहभागी अर्थमन्त्री खतिवडाले यस्तो आग्रह गरेका हुन् ।
नेपाल र फ्रान्स बीचको दौत्य सम्बन्ध जतिकै मजवूद आर्थिक सम्बन्ध पनि हुनुपर्नेमा मन्त्री खतिवडाले जोड दिए ।
‘नेपालमा लगानी बढाउने इच्छा देखाएर तपाईहरू यहा“ आउनु भएकोमा सरकारको तर्फबाट फ्रेन्च प्रतिनिधिमण्डललाई स्वागत गर्छु, फ्रेन्च लगानीकर्ताहरूले खोजे अनुसारको लगानीको वातावरण दिन सरकार तयार छ,’ उनले भने ।
महासंघका अध्यक्ष भवानी राणाले नेपाल लगानीको लागि ‘भर्जिन ल्याण्ड’ भएको बताइन् ।
‘सबै क्षेत्रमा उत्तिकै सम्भावना छन्, नीतिगत तथा कानूनी सुधार भएका छन् र सवै भन्दा ठूलो कुरा नेपाल सरकार, राजनीतिक दलहरू र निजी क्षेत्र सबैनै बाह्य लगानी आकर्षणको अभियानमा छ, अध्यक्ष राणाले भनिन्, ‘यो समय लगानीका लागि सबैभन्दा उपयुक्त समय हो । महासंघ यसका लागि आफ्नो तर्फबाट फ्रान्सेली लगानीकर्ताहरूलाई आवश्यक सबै सहयोग गर्न प्रतिवद्ध छ ।’
नेपाल भ्रमणमा आएको फ्रान्सेली कम्पनीका लगानीकर्ता, उद्यमी व्यवसायीहरूस“ग भएको व्यवसायिक भेटवार्तामा नेपाली उद्यमी व्यवसायीहरूले सहकार्यका सम्भाव्य क्षेत्रहरू प्रस्तुत गरेका थिए ।
फ्रान्सेली कम्पनीहरूका तर्फबाट जल तथा नविकरणीय उर्जा, सूचना तथा संचार प्रविधि, दीगो र स्मार्ट शहरीकरण, कृषि तथा खाद्य प्रशोधन, शहरी यातायात, फोहर व्यवस्थापन लगायतका क्षेत्रमा सहकार्यको सम्भाव्यता प्रस्तुत गरिएको थियो ।
नेपाली लगानी सम्मेलनको लगत्तै नेपालस्थित फ्रान्सेली राजदूतावास र राजदूतको विशेष पहलमा महासंघद्वारा आयोजना गरिएको यो कार्यक्रमलाई निकै महत्वपूर्ण रुपमा हेरिएको छ । व्यवसायिक भेटवार्तामा छिमेकी भारत तथा फ्रान्समा लगानी गरिरहेका १५ वटा प्रतिष्ठित फ्रान्सेली कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भर्खरै सम्पन्न लगानी सम्मेलनको निश्कर्ष सहित नेपालमा लगानीका सम्भाव्य परियोजनाका बारेमा प्रस्तुती दिएका थिए ।
नेपालका लागि फ्रान्सका राजदूत फ्रान्सा“ जाभियर लेजरले दुई देश बीचको व्यवसायिक सहकार्यमा यो कार्यक्रमलाई परिणामदायी बनाउन आफूले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा दिल्लीस्थित फ्रान्सेली राजदूतावासका क्षेत्रीय आर्थिक विभाग प्रमुख एवं मिनिष्टर अफ काउन्सिलर जो मार्क फनले नेपालमा लगानी विस्तार गर्न फ्रान्सेली लगानीकर्ता इच्छुक रहेकाले यो कार्यक्रमले केही परिणाम दिनेमा आफू विश्वस्त रहेको बताए ।
नेपाल लगानी सम्मेलन भर्खरै सम्पन्न भएको र नेपाल सरकार पनि यसमा निकै गम्भीरतापूर्वक क्रियाशील रहेको आफूहरूले पाएकोले नेपालमा फ्रान्सेली लगानीको सम्भाव्यता खोजीगर्न आफूहरू यहा“ आएको स्पष्ट पारे ।
सो अवसरमा उनले प्रतिमण्डलमा संलग्न फ्रान्सेली कम्पनीहरूको परिचय र सहकार्यका सम्भाव्य क्षेत्रहरूको प्रस्तुति दिएका थिए ।
कार्यक्रममा महासंघका उपाध्यक्ष किशोर कुमार प्रधान, चन्द्र प्रसाद ढकाल, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका निमित्त महानिर्देशक गोपाल प्रसाद तिवारी, नेपाल र फ्रान्स बीच व्यापार व्यवसाय गरिरहेका नेपाली उद्यमी व्यवसायीहरू, फ्रान्सस“ग संयुक्त लगानीमा काम गर्न इच्छुक नेपाली उद्यमी व्यवसायीहरूको सहभागिता रहेको थियो ।