भाग्यमानी म्योकेन्ज, जो डिभोर्स गरेको सम्पत्तिबाटै विश्वकै तेस्रो धनी महिला बनिन्



काठमाडौ । विश्वकै धनी मानिस कहलिएका जेफ बेजोस र उनकी पत्नी म्योकेन्जबीच ३५ विलियन डलरमा पारपाचुके मिलाउने सहमति भएको छ । यो विश्वकै सर्वाधिक महङगो डिभोर्स हो । जेफ बेजोस अमेजनका संस्थापक हुन् ।

जेफ बेजोसले सनन १९९४ मा अमेजनको स्थापना गरेका थिए । त्यतिबेला उनीहरुको बिवाह भएको एक वर्षमात्र पुगेको थियो । बेजोसकी पत्नी अमेजनकी पहिलो जागिरे थिइन ।

दुबै जनाले आफ्नो डिभोर्सबारे भने सकारात्मक टिप्पणी गरेका छन । तर डिभोर्स सल्टाउने सवालमा भएका अन्य आर्थिक विवरण भने खुलाएका छैनन् ।

फोब्र्सले जनाए अनुसार अमेजनको शेयरबाट मिस बेजोस विश्वकै तेस्रो धनी महिला हुनेछिन भने जेफ विश्वकै धनी व्यक्ति रहनेछन् ।

जेफ बेजोेस ५५ वर्षका छन् भने म्याकेन्जी ४८ वर्षिय हुन । उनीहरुको सन सन १९९३ मा विबाह भएको भइ ४ सन्तानका बुवाआमा बनेका छन ।


पुष्प दुलाल