बीमक संघको अध्यक्षमा शिखर इन्स्योरेन्सका सिइओ दीप पाण्डे



काठमाडौं । नेपाल बीमक संघको अध्यक्षमा दीप पाण्डे चयन भएका छन् । संघको विशेष साधारणसभाले पाण्डेको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ ।

शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रहेका पाण्डे दुई दशकदेखि बीमा क्षेत्रमा सक्रिय छन् । संघको विशेष साधारणभाले निर्विरोध कार्यसमिति चयन गरेको हो ।

यस्तै उपाध्यक्षमा नुरप्रताप प्रधान चयन भएका छन् । उनी लुम्बिनी जनरल इन्स्योरेन्सका सिइओ हुन् । सचिवमा चंकी क्षेत्री चुनिएका छन् । उनी सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।

कोषाध्यक्षमा युगेशभक्त बादे श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ आइएमई जनरल इन्स्योरेन्सका सिइओ हुन् ।

संघको कार्यसमिति सदस्यमा सुनिलबल्लव पन्त,सन्चित बर्जाचार्य,कुमार बहादुर खत्री,सुवोधलाल श्रेष्ठ चयन भएका छन् ।

अध्यक्षमा चुनिएपछि क्लिकमाण्डूसँग कुरा गर्दै बीमक संघका अध्यक्ष पाण्डेले बीमा क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा अगाडि बढाउने बताए ।

संघमा अध्यक्ष रहेका विजय शाह एनएलजी छाडेर नेपाल इन्स्योरेन्स आएपछि पाण्डे कार्यवहाक अध्यक्ष थिए ।


क्लिकमान्डु