हिमालय उर्जाको आइपीओ जारीे, ६ हजार ५ सय कित्तासम्म भर्न पाइने



काठमाडौ । हिमालय उर्जा विकास कम्पनीले साधारण सेयर अर्थात आइपिओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणका लागि १४ करोड ८५ लाख रुपैयाँ बराबरको आइपिओ जारी गरेको हो ।

१४ लाख ८५ हजार कित्ता साधारण सेयर निष्काशन गरेको यस कम्पनीले जारी पूँजीको ९९ करोड रुपैयाँको १५ प्रतिशत बराबरको सेयर आईपिओ बिक्री गर्न बताएको छ ।

सर्वसाधारणका लागि जारी गरिएको सेयरको निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ् लिमिटेड रहेको छ ।

साधारण सेयर छिटोमा चैत्र २५ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा बैशाख १९ गतेसम्म खुल्ला हुने कम्पनीले जनाएको छ । आइपिओ भर्न चाहाने लगानीकर्ताहरुले न्यूनतम ५० कित्ताका देखि अधिकतम ६ हजार ५ सय कित्ताका लागि आवेदन दिन पाईने व्यवस्था कम्पनीले गरेको छ ।


क्लिकमान्डु